कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

यले संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहितको ज्ञापनपत्र राष्ट्रपतिलाई बुझाइयो



काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकताका निम्ति सबै जातजातिको पहिचान आवश्यक रहेको बताएका छन् ।

'किरात येले संवत्' लाई राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्ने क्रममा आइतबार राष्ट्रपति डा. यादवले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले देश सबैको साझा भएको भन्दै जाति, भाषा, संस्कृति, धार्मिक विविधतामा एकता खोज्नुपर्ने बताए । सबै जातिको अस्तित्व बचाउँदै वैज्ञानिक ढंगले राज्यको पुनःसंरचना गर्नुपर्ने उनको भनाइ थियो ।

वैरागी काइँलाको नेतृत्वमा गएको टोलीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको थियो । राष्ट्रपतिले मागका विषयमा संविधानसभाको ध्यानाकर्षण गराउने आश्वासन दिएको काइँलाले जानकारी गराए । टोलीमा किरात येले संवत् अध्ययन समन्वय समिति, किरात समन्यव समिति, किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाका प्रतिनिधि संलग्न थिए । पहिलो किरात राजा यलम्बर हाङको स्मृतिमा 'किरात येले संवत्' समुदायमा प्रचलनमा छ । यो संवत् अहिले ५०७० मा अघि बढिरहेको छ ।


Posted Date : 25 January 2010 | Views : 1817 | Comment : 0