कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङेली सुनुवारहरूले उभौली षाँदर मनाए....

bagaicha.com

हङकङेली सुनुवारहरूले उभौली षाँदर मनाए....

       ३० मे २०१० दिन हङकङ स्थिति पार्कभ्यूमा सुनुवार समाज हङकङले किरातहरुको महान चाड उभौली षाँदर एक भनभोज आयोजना गरि भव्यताका साथ मनाएको छ । हङकङमा रहेका किरात सुनुवार समूदाय लगायत गैर किरातहरुको समेत सहभागिता रहेको सो कार्यक्रम दिनको १ बजे सुरु भएर साँझ ६ बजे समापन भएको थियो । विगत वर्षहरु जस्तै यस वर्ष पनि विना ढोलझ्याम्टब कुनै षाँदर शिल नगरे तापनि प्रकृतिको काखमा वसेर प्रकृतिको साधारण पूजाआजा गरेर आफ्नो सास्कृति र संस्कारलाई जिवित राख्ने प्रयत्न गरे । परापूर्वकाल देखि आफ्नो पिता पुर्खाहरुले मनाउँदै आएको मक्दुमलाई संरक्षण र सम्वर्धन गर्नु कुनैपनि जाति विषेशको मूल दायित्व हो र जातित्व, पहिचान र संस्कृति जिवित रहनु नै मान्छे जिवित रहनु हो, यहि उक्तिलाई सार्थक बनाउन हङकङमा रहेका किरात सुनुवारले पनि अश्तित्व र पहिचानको लागि एक सामाजिक संस्था स्थापना गरी विगत दशवर्ष देखि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसवर्षको कार्यक्रममा विशेष गरेर सुनुवारहरुले आफ्नो विविध प्रकारका सुनुवारी खानाको परिकारहरु पकाएर सुनुवारी भोजनका साथ उभौली षाँदर मनाए । समाजमा आवद्ध कार्यकर्ताका अनुसार आगामी दिनहरुमा पनि यसैगरि आफ्नो चाड मनाउने जानकारी दिएका थिए । छोटो औपचारिक कार्यक्रमको साथ स्वागत मन्तव्य पछि कोईच विधि विधान अनुसार जेष्ठ नागरिकबाट धुपधुवार, आदर पिदार गरि कार्यक्रमको थालनि गरिएको थियो ।


Posted Date : 02 June 2010 | Views : 1814 | Comment : 0