समाचार / News
सुनुवार सेवा समाज युकेको उभौली षाँदर भव्यताका साथ सम्पन्न
२९ मे २०१० लण्डन स्थित डेनिस ज्याक्सन भवन वैमिलिमा किरात सुनुवार सेवा युकेको आयोजनामा किरात सुनुवारहरुको महान चाड उभौला षाँदर भव्यताका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष रामकृष्ण सुनुवारको अध्यक्षतामा सम्पन्न गरिएको यस प्रथम चरणको औपचारिक कार्यक्रममा काउन्सील मिनिस्टर झपेन्द्र अर्याल प्रमुख अतिथि र विशेष अथिति सुनुवार सेवा समाज केन्द्रीय समितिका भू.पु. अध्यक्ष, वर्तमान सल्लाहकार तथा सुनुवार भाषा सास्कृति विद तथा जनजाति महासंघकका केन्द्रीय सदस्य लोकप्रिय सुनुवार र अतिथिहरुमा मेजर विरु सुनुवार र अरु संघ संस्थाबाट आउनु भएका अध्यक्ष तथा प्रतिनिधिहरु हुनुहुन्थ्यो ।
आगन्तुक महानुभावहरुलाई स्वागत गर्दै उभौली षाँदरको बारेमा चर्चा गर्दै सुरु गरिएको सो कार्यक्रमा प्रमुख अतिथि, विषेश अतिथि र अतिथिबाट शुभकामना मन्तव्य पछि अध्यक्षबाट औपचारिक कार्यक्रम विसर्जन गरिएको थियो । ततपश्चात विधि पूर्वक प्रकृतिको आजपूजा गरी ढोल झ्याम्टा बजाएर षाँदर शिल सुरु गरिएको थियो । विभिन्न ताल र पारहरुको शिल दिनभरी नाच्दै गाउदै अपरान्न ५ बजे कार्यक्रम सम्पन्न गरिएको थियो ।