समाचार / News
कुलपति वैरागी काइँला सुनुवार समाज हङकङद्वारा सम्मानित
bagaicha.comसम्वाददाता, बगैंचाडटकम्
८ मे २०१०, हङकङ । एभरेष्ट साप्ताहिकको दसौं वर्षगाँठको अवसरमा एभरेष्ट साप्ताहिकको सह प्रकाशन साहित्य पत्रिका पाहुरले आयोजना गरेको 'प्रथम हङकङ नेपाली साहित्य संगोष्ठी' कार्यक्रममा प्रमुख आतिथ्य गर्न हङकङ निम्त्यईनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलवीक्रम नेम्वाङ 'वैरागी काइँला'लाई सुनुवार समाज हङकङले एक भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । उक्त कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष नरेश सुनुवारले बधाई तथा शुभकामनाका साथ नगद उपहार प्रदान गरेर स-सम्मान गर्नु भएको थियो ।
नेपालको इतिहासमा पहिलो आदिवासी जनजाति मूलका एक प्राज्ञले प्रज्ञा-प्रतिष्ठान जस्तो गरिमामय संस्थाको कुलपति पदमा पदास्थापन भएकोमा कुलपति वैरागी काइँलालाई वधाईका साथ सम्मान गरिएको हो। उक्त एभरेष्ट साप्ताहिक कार्यक्रमका लागि नेपालबाट हङकङ र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकुमार दिक्पालअउनु भएका आदिवासी जनजाति मूलका पत्रकार राजकुमार दिक्पाललाई पनि कदर स्वरूप नगद उपहार प्रदान गरिएको थियो । काउलूनको जोर्डनमा सम्पन्न उक्त कार्यक्रम विहानको खाजानास्ता भोजन गरी समापन गरिएको थियो ।