कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङमा किरात सुनुवारहरूले उधौली फोल षाँदर मनाए



हङकङमा किरात सुनुवारहरूले उधौली फोल षाँदर मनाए

१९ डिसेम्बर २०१० का दिन वान्चाई स्थित यति रेष्टुरेण्टमा सुनुवार समाज हङकङले एक भेटघाट कार्यक्रम आयोजना गरि किरात सुनुवारहरूको महान चाड उधौली फोल षाँदर मनाएको छ । आदिमकालदेखी किरात सुनुवारहरूले मनाउदै आएको यो चाडको विषेश महत्व छ ।प्रकृतिलाई नै सर्वोपरी मानेर प्रकृतिको पूजा गर्ने  किरात सुनुवारहरूले षाँदर,  किरात राईहरूले  साकेला र  किरात लिम्बूहरूले  चासोकको  रूपमा  मनाईने  यो  चाड  उधौलीको  रूपमा मंसिरे पूर्णिमा र उभौलीको रूपमा बैशाखे पूर्णिमाको दिन मान्ने किरात चलन ।   प्रकृति पुजक किरातहरूले मान्दै आएको यस चाडमा विषेशत प्रकृतिबाट उत्पादित अन्नबाली र प्रकृतिबाट प्राप्त श्रोत र साधन जस्ले मानव जातिको जिविकोपार्जन गर्न र जीउनकै निम्ति मूख्य आधार  छ त्यसप्रति प्रकृतिलाई धन्यवाद दिंदै अगामी दिनहरूमा सवैमा सुभोफापो होस्, रोग व्याधा नलागोस र उत्तरोत्तर प्रगतिहोस् भनि सवै ईष्टमित्र कुल कुटुम्व भेला भएर एक आपसमा शुभकामना आदनप्रदान गर्दै ढोल झ्याम्टा बजाएर षाँदर सिल गरि हर्ष उल्लासका साथ यो चाड मनाउने गरिन्छ । यसै अनुरुप समय काल र परिस्थिति अनुसार हङकङमा भने सुनुवारहरूले भेटघाट गरेर आपसमा शुभकामना आदनप्रदान गरेर यो चाड मानाउदै आएका छन् । यस बर्ष देखी सुनुवार समाज हङकङले शुभकामना कार्ड छपाएर वितरण गरेर यो चाडको लागि एउटा नौलो आयम थपेको छ र यसलाई ईन्टरनेटबाट प्रयोग गर्न सक्ने गरी ईकार्ड मार्फत आफ्नो वेभ साईट sunuwarsamajhk.org लगायत bagaicha.com मा समेत उपलब्ध गराउने कुरा सार्वजनिक गरेको छ जसबाट देश बिदेशमा रहेका अफन्तजनहरू लगायत आफ्न इष्ट मित्रहरूसँग सजिलै शुभकामना आदनप्रदान गर्न सकिने छ ।

चेली सुश्री सृष्टि सुनुवारले दियो जलाए पछि कोईच रिति अनुसार उद्घाटन गरी सुरु गरिएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नरेश सुनुवारले गरेका थिए भने जेष्ठ नागरिक लगायत विभिन्न क्षेत्रबाट आउनु भएका महानुभवहरूलाई आतिथ्य आसन गराएको थियो । संस्थाका सह सचिव सृष्टि सुनुवारले स्वागत गरेका थिए भने उपाध्यक्ष सुरज सुनुवारले कार्यक्रम संचालन गरेका थिए । दिनको १ बजेबाट सुरु गरिएको सो कार्यक्रम साँझ ६ बजे समापन भएको थियो ।

 


Posted Date : 20 December 2010 | Views : 1762 | Comment : 0