कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुनुवार समाज हङकङ र यससँग जोडिएको अफवाहको खण्डन

सुनुवार समाज हङकङ

सुनुवार समाज हङकङ र यससँग जोडिएको अफवाहको खण्डन

आदरणीय सुनुवार समाज हङकङमा आवद्ध सदस्यहरू साथै देश विदेशमा छरीएर रहनु भएका कोईच बन्धुहरू,

आजको आधुनिक विश्वलाई सन्चार प्रविधिले एउटा गाउँमा परिणत गरि दिएको छ । फलस्वरुप हामी विश्वको जुनै कुनामा रहे पनि टेलीफोन तथा ईन्टरनेटको माध्यमबाट एक अपसमा सजिलै सुचना आदन-प्रदान तथा कुराकानी गर्न सक्ने भएका छौं । सस्तो, सरल र सुलभताको कारण ईन्टरनेट माध्यम सवैको पहिलो रोजाईमा परेको छ । ईन्टरनेटमा पनि फेसबुक अहिले सवैको लागि लोकप्रीय माध्यम बनेको छ । यसै फेसबुक माध्यमलाई अप्नाएर केही सुनुवार बन्धुहरूले सबै सुनुवारलाई समेट्ने गरी एउटा साझा चौतारीको रुपमा (सुनुवार समाज ग्रुप) सन्चालनमा ल्याएको पाईयो, यो स्वागतयोग्य कदम हो । जसबाट विश्वमा छरिएर रहेका सुनुवारहरूलाई आपसी बिचारहरू साटासाट गर्ने, आफ्नो जातीय पहिचान र अस्तित्वको बारेमा छलफल गर्ने लगायत विविध बिषयहरूमा सुचना आदन प्रदान गर्ने जस्ता सकरात्मक क्रियाकलापहरू हुँदै आएको थियो र छ । तर केही समय यताका गतिविधिलाई नियाल्दा बिक्रितिका केही दुर्भाग्य पाटाहरू पनि देखा पर्न थाले पछि यस समूहमा एउटा उशृङ्खल गिरोहको जत्थाले प्रवेश पाएको आभाष हुन थालेको छ । जसले तनाव सॄजना गर्नुको साथै २१ औं शताब्दीको सभ्य समाजलाई खिल्ली उडाईदिएको छ ।

यसै परिप्रेक्षमा सुनुवार सेवा समाजको बारेमा (एक रुपता) को नारा फलाकेर परिश्रम र मिहेनत नै नगरी सस्तो लोकप्रीयता कमाउने अभिप्रायले सुनुवार समाज हङकङ लगायत अन्य केही संस्थाको वेभसाईटमा राखिएका फोटोहरू चोरेर सत्य तथ्य कुरा नुबुझि आफूखुसी क्याप्सन लेखेर फेसबुकको (सुनुवार समाज ग्रुप) मार्फत प्रचार प्रसार गरेको पाईएको छ । उक्त फोटोको बिषयलाई लिएर सुनुवार समाज हङकङको ध्यानाकर्षन भएको छ। सुनुवार समाज हङकङको website: sunuwarsamajhk.org को फोटोलाई कपि (चोरी) गरी फेसबुकमा राखेको, विना आधर समाजको नामको बारेमा आरोप लगाउनुको साथै फोटोमा तुच्छ प्रतिक्रिया लेखेर टाँसेको पाईएको छ। यस्तो क्रियाकलाप र प्रवृत्ति प्रति सुनुवार समाज हङकङ खेद प्रकट गर्दै घोर आपत्ति जनाउँदै यसको खण्डन गर्दछ । फोटो प्रति जनाउन खोजेको प्रतिक्रियालाई हेर्दा सुनुवार समाज हङकङको बारेमा उक्त गिरोहलाई केही थाहा नभएको प्रमाणित हुन्छ । यसरी आफूलाई थाहा नभएको बिषयवस्तुलाई अन्दधुन्द र गलत ढङ्गले प्रचार प्रसार गर्नु शतप्रतिशत खेदजनक र अपराधिक छ ।

गिरोहको यो कदमको मूल उद्देश्य अरूलाई गालि गलोज गरेर, हिलो छ्यापेर, नङ्ग्याएर आफू महान बन्ने प्रपन्च हुनसक्छ तर यसलाई पुर्वग्रहि मानसिकताले ग्रसित नकरात्मक सोचको उपज पनि भन्न सकिन्छ भने आफू केही गर्न नसक्ने अरूले गरेको पनि देख्न नसक्ने बाँदरे प्रवृत्ति मान्न सकिन्छ । सुनुवार समाज हङकङको ठहर छ- 'यस्ता गिरोह सभ्य समाजका लागि खतर्नाक शत्रु हुन्, यिनिहरूलाई सबैले बेलैमा चिनेर निराकरण गर्नु पर्दछ ।'

यदि समाजलाई वास्तविक सल्लाह र सुझाव दिने हो या सुधार गर्ने सहि मनसाय थियो भने सम्बन्धित ठाउँमा प्रक्रियागत रूपमा पहलकदमी उठाउँनु पर्दथ्यो । सुनुवार समाज हङकङ र यसले गरेको कार्यप्रति प्रतिक्रिया जनाउनु थियो भने sunuwarsamajhk.org यानि जुन ठाउँबाट फोटो चोर्ने काम भएको छ त्यहाँ उल्लेखित ठेगाना मार्फत सिधैं समाजसँग पत्रचार वा कमेन्ट दिन सकिन्थ्यो तर यसो नगरी हङकङ सरकारसँग बैधानिक प्राप्त संस्थाको वेभसाईटमा राखिएको फोटोलाई कपी गरेर नियतबस मनपरी गर्ने छुट यो दुनियाँमा कसैलाई छैन। यस्तो गैरजिम्मेवार कार्य गरेबापत यो गिरोहलाई ईन्टरनेट तथा फेसबुकको (प्राईभेट पलिसि) तथा (ट्रम्स एन्ड कन्डिशन) अनुसार संस्थाको मानहानी, कपी राईट र मिडियाको दुरुपयोगको मुद्दा लगाउन सकिन्छ। यसको लागि सुनुवार समाज हङकङले प्रक्रिया थालनि गरिसकेको छ । र यो गिरोहको सहि पहिचान उपलब्ध गराउन सम्पूर्ण न्यायप्रेमी कोईच बन्धुहरूलाई यसै लेख मार्फत अपिल गर्दछौ र सहि पहिचान उपलब्ध गराउने ब्यक्ति वा संस्थालाई आकर्षक नगद पुरस्कारबाट सम्मानित गरिने छ र सुरक्षाको निम्ति पहिचान उपलब्ध गराउनेको नाम गोप्य राखिने छ ।

स्मरण रहोस सुनुवार समाज हङकङ भनेको सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाण्डौको अनुमति लिएर यसकै विधि विधान अनुसार स्थापना भएको संस्था होईन । यो संस्था हङकङमा रहेका सुनुवारहरूले आफ्नै बुद्धि, बिबेक र बिचारले बिशिष्ट परिस्थितिमा स्थापना गरेको संस्था हो र यसको आफ्नै परिवेश, मूल्य मान्यता र विधि विधान छ ।यति भने पछि सबैले सजिलै बुज्दछ कि यसको नाम र लोगो पनि केन्द्रसँग फरक हुनसक्छ । किनकी केन्द्रसँग आबद्ध नभए पछि त्यहि नाम र लागो हुनुपर्छ भन्ने बाध्यता छैन।यस्ता कुरालाई यादै नगरि (सुनुवार) भन्ने र लेख्ने बित्तिक्कै (सेवा) शब्द जोड्नै पर्छ भन्नु भदौमा आँखा फुटेको गोरूले बाह्रैमास हरियो देखे जस्तै हुनु हो । बाँकी रह्यो ब्यानरको कुरा । ब्यानरमा (लोगो) हुनैपर्छ भन्ने सोच राख्नु हास्यस्पद र मूखर्ता बाहेक अरू केही हुन सक्दैन । यस्तै युके लगायत अन्य प्रवासी सुनुवार संस्थाहरूको बारेमा पनि हास्यस्पद विषयमा कुरा उठाउन खोजेको छ यो गिरोहले, त्यस बारेमा सुनुवार समाज हङकङले बोल्नुभन्दा सम्बन्धित ठाउँबाट खण्डन हुनु उपयुक्त हुने छ ।

आदरणीय कोईच वन्धुहरू,

सुनुवार समाज हङकङले हङकङमा रहेको सुनुवारहरूको मात्र भलाईको लागि काम नगरेर आवश्यक्ता परेको खण्डमा आफ्नो श्रोत साधन र औकातले भ्याएसम्म विश्वमा छरिएर रहेका सबै कोईचहरूलाई सहयोग गर्न तत्पर छ । हालसम्म सुनुवार समाज हङकङले लेखक देश सुब्बा र उसले लेखेको उपन्यास 'अपमान' प्रति कारवाही, जोहरालाल नेहरू यूनिभर्सीटीमा विद्यावारिधिका लागि अध्धयनरत लाल रापचालाई विद्युतीय उपकरण ल्यापटप सहयोग, सुनामीद्वारा पिडितहरूलाई आर्थिक सहयोग उपलब्ध, नेपालका बाढि पिडितहरूलाई नगद र लत्ता कपडा सहयोग तथा हङकङमा आफन्त नभएका पिडित सुनुवार तथा मृतशवलाई नेपालमा आफन्तसम्म पुर्र्याउने कार्य लगायत अरू धेरै कार्यहरू गरिसकेको छ । अगामी दिनहरूमा सिङ्गो सुनुवार जाति, पहिचान र अस्तित्वोको विकास र भलाईको लागि कार्यहरू गर्दै जानेछ ।

चेरेलिल ।

सुनुवार समाज हङकङ।

 

(नोट; पाठक ज्युहरु माथि समावेश गरिएको  त्यहि  फोटो हो जसलाई गिरोहले कपि गरेर आफुखुसि क्यप्सन लेखि टांसिदिएका छन्‌ , यस फोटोको सक्कलि प्रति यहि वेभसाईटको फोटो ग्यालरीमा हेर्न सक्नुहुनेछ)


Posted Date : 06 May 2011 | Views : 2380 | Comment : 5

Comments for this Article

Reena Kulung - Nepal
esari jatiya sasthako badnaam garnu bhaneko aafno khapparma banchrole hannu ho
  May 9 2011
janga sunuwar - UK
f Dear Naresh jiu Namsewal I am so much delighted to have received the Sunuwar samaj hk web link. I am well aware of this website and i visit this website time to time when i am free. My message to all Koinch Bus is where ever we go, where ever we live no matter what faith we do believe proud being sunuwar and let preserve our precious culture, language and tradition for the many years to come. You are doing decent job in Hongkong just keep up your momentum. I wish you a successful tenure. Many thanks Kind regards Janga sunwar UK
  May 8 2011
kormoch TRK - HK
Ma sunuwarsamajhk.org ko sadassyea ra samajko jimmyewari leyeko beykti hou.tesaile mero manma beya-g-raha sita tarass bokera basda basda balla mauka pako hunale samajik dirstikod bata outheko kura lai kament sworup lekhana chahan chhu. BISAYE: SUSESA KO LOGO JATHABHABI GAREKO AAROP HO YA GALI? BIDES MA KHOLIYEKO SAMAJ, LE K GARNE K NAGARNE? KINA LEKHIYE TEE SUNUWAR SAMAJ KO NAM RA LOGO? YEDI JANNA KHOJEKO HO BHAYE TA TI SABAIKO WEB.PAGE MA KINA RAKHIYENA? AAFNU AANG TAK TAKAYE RA DHOULO AARULAI SOSTA KHARAB GARNE ANI DOSS LAGAUNE? KO HAU TIMI YESORI JAGAR CHALAUNE??? kunda kunda paanee munda munda B4\" yess bhanai le manabiya swovab lai satik ra dirstantra-ma, maniss haruko baudiktako woripari golgol ghumi raheko kura lai prasstauda chha. Maniss haruko baudikta ousle bibeko paryeug samajik kam haruma kasori \'prastut garne gardachha ho tesai bato ousko boudik ta ko mapann hune garda chha.harek manisko aaafnai kisimko shoch bichar hune garekai karan sansar ma kunai dess testo hos ki jo santima bacheka hunn. bichar farak hunu galat hoina garne gareko kam le manislai farak dekhauda chha. farak k garey maile? sarbopari sweekar yeukgeya gare ta? mero kamle jo ko hi lai badha napugoss bhanneya bisayelai jeyadai hosiyeri aapnaunu jaruri chha. tesko distranta hamro samaj (sunuwarsamajhk.org)ko photo lai kunai sunuwar sonamdhannye saathi le yeu milena teu milena bhanne sabdawoli aafnai tarfabata rakhi social network tira k k nai gare bhani theppcho naak lai phulayera aafnu daridra bauditako naggo tasbir leyara yeta outa ghumi raheko hola. partikirya janaunu galat hoina ma swoagat garda chhu jo sukai hoss.tara jun kam garrinu parne ho teha chhaina jaha nagarinu parne teha gariyeu teu ghoor bhartsana yeuggeyako chha.
  May 7 2011

Add Comment

Name
Email Address
Country
Comments
Please enter the string shown.