समाचार / News
उभौली स्याँदरको उपलक्षमा किरात सुनुवारहरूको भेटघाट कार्यक्रम
सुसएचकेजुन ५,२०११ का दिन हङकङको वान्चाई स्थित यति क्लबमा हङकङमा रहेका किरात सुनुवारहरूले आफ्नो महान चाड उभौली स्याँदर २०६८ को उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजन गरी एक आपसमा शुभकामना आदन प्रदान गरी मनाएका छन् । बर्षको दुई पटक मनाईने यो चाड मंसिरे पूणिर्मामा उधौली फोल षाँदर र बैसाखे पूणिर्मामा उभौली षाँदरको रुपमा मनाउने चलन छ । आफ्नो भेषभुषामा सजिएर ढोल झ्याम्टा बजाउदै विविध शैलीमा नाच्दै धुमधामसाग मनाईने यो चाड समय काल र परिस्थिति अनुसार हङकङका सुनुवारहरूले भने गरी शुभकामना आदन प्रदान गरी मनाउदै आएका छन् भने अगामी वर्षहरूमा भने ढोल झ्याम्टा बजाएर विधिवत रुपमा मनाउने योजना रहेको कुरा संस्थाका अध्यक्ष नरेश सुनुवारले बताउनु भयो ।औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्षले गरेका थिए भने सह सचिव सृष्टी सुनुवारले कार्यक्रम सन्चालन गरेका थिए ।
Posted Date : 06 June 2011 | Views : 1939 | Comment : 0