कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

नेपाली जनजाति महासंघ हङकङद्वारा आयोजित १७ औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न



नेपाली जनजाति महासंघ हङकङद्वारा आयोजित १७ औं विश्व आदिवासी दिवस भब्यताका साथ सम्पन्न

सम्वाददाता बगैंचा डटकम

२०११ अगस्त ७ तारिकका दिन नेपाली जनजाति महासंघ हङकङले काउलूनको याउमा ताई स्थित कम्युनिटी हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि १७औं विश्व आदिवासी दिवस भब्यताकासाथ सम्पन्न गरेको छ । प्रमुख अतिथिको रुपमा आमन्त्रित नेपाल देखि आउनु भएका मानवशास्त्री, समाजशास्त्रि, जनजातिविद तथा नेपाली आदिवासी आन्दोलनका हस्ति डा. कृष्ण बहादुर भट्टचनको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष एम वि थापा दर्लामी मगरले गर्नु भएको थियो भने विषेश अतिथिहरूमा संघका भूपू महासचिव भक्त बहादुर दुरा, नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, निवर्तमान अध्यक्ष भूपेन्द्र चेम्जोङ, इथिनिक माइनोरिटी डिएवीका अध्यक्ष अल्बर्ट लाम, याउमा तेई डिष्ट्रिक काउन्सिलर वेनी योङ, न्यू टेरिटोरिज युनलङका डिष्ट्रिक काउन्सिलर क्रिस यिप, याउमा तेई डिष्ट्रिक लाइजन अफिसर क्यमस चु, याउमा तेई डिष्ट्रिक नेपलीज टास्कफोर्स इन्सपेक्टर भइलेट च्याङ, चिम सा चुई कम्यूनिटि रिलेसन अफिस इन्सपेक्टर मिस्टर खान, कर्पोरेट कमिसन अफिसर डभी नभियान्ती, सोलिसिटर डिक्टर लाम रहनु भएको थियो । त्यस्तै अतिथिहरूमा जनजाति माहासंघमा आवद्ध संस्था- तमु ट्यो ह्युल हङकङ, किरात याक्थुम चुम्लुङ, किरात यायोख्खा, मगर संघ, किरात सुनुवार समाज हङकङ, तामाङ घेदुङ संघ, नेवार समाज, थकाली समाज, दुरा समाज र शेर्पा समाजका अध्यक्ष तथा प्रतिनिधि लगायत अन्य विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई आसनग्रहण गराइएको थियो ।

अतिथि आसन ग्रहण पछि नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रमको थालनी गरे लगत्तै प्रमुख अतिथिबाट मादल र विषेश अतिथिहरूले ढोल, डम्फू एकसाथ बजार नौलो पाराले कार्यक्रम उद्घाटन गरिएको थियो । यायोख्खाका उपाध्यक्ष शशिमदन राईको स्वागत मन्तव्य पछि विश्व आदिवासि दिवसको बारेमा संघका भूपू महासचिव भक्त बहादुर दुराले प्रकाश पार्नु भएको थियो भने नेपाली महासंघका अध्यक्ष प्रदिप थापाले शुभकामना मन्तव्य दिनु भएको थियो । मन्तव्यको क्रमसँगै प्रमुख अतिथि डा. भट्टचन ज्यूलाई संघका अध्यक्ष एम बि थापाले फेटा गुथाएर सम्माम पत्र अर्पण गरेर सम्मान गरिएको थियो । त्यसै क्रममा प्रमुख अतिथिलाई विभिन्न संघ संस्थाको तर्फबाट खदा ओडाएर पुष्प गुच्छा टक्राएर स्वागत गरिएको थियो । प्रमुख अतिथिको स्वागत पछि विगत वर्ष जस्तै आदिवासी वर्ष पुरुष तथा वर्ष नारीको घोषणा सातजना जुरी रहेको समूहको संयोजकको तर्फबाट भुपुगोर्खा सैनिक संघका भुपू अध्यक्ष हेम बहादुर  तामाङले गर्नु भएको थियो । स्वतन्त्र पत्रकार चन्द्र प्रसाद राई '२०१० आदिवसी वर्ष पुरुष' तथा  समाज सेवी पदम कुमारी गुरुङ '२०१० आदिवासी वर्ष नारी' हुनु भएको थियो र उहाँहरूलाई मन्चमा नित्याएर अध्यक्ष एम वि थापाबाट फेटा गुथाएर र दोसल्ला ओडाएर एकसाथ सम्मान गर्दै प्रमुख अतिथिको बाहुलीबाट ताम्रपत्र प्रदान गरिएको थियो । वर्षपुरुष तथा वर्ष नारी दुवैजनाले खुसी व्यक्त गर्दै आफूमाथि बढि जिम्मेवारी थपिएको र आदिवासी जनजातिको पक्षमा अझ सशक्त रुपमा निरन्तर लागि पर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसपछि प्रमुख अतिथि डा. कृष्ण बहादुर भट्टचनद्वारा कार्यपत्र पेश गरिएको थियो । कार्यत्रपत्र पेश गर्ने क्रममा उहाँले विश्व आदिवासी दिवसको औचित्य र सन्दर्भमा बोल्दै विश्वका अन्य मुलुककका आदिवासीको अवस्था लगायत नेपाली आदिवासी जनजातिको विगत वर्तमान अवस्थाको बारेमा उल्लेख गर्नु भएको थियो । विषेश गरेर वर्तमान नेपालको साजनिति संक्रमणकाल, आदिवासी जानजाति आन्दोलन र संविधान निर्माणको बारेमा आफ्नो धारण पेश गर्नु भएको थियो । जसमा नेपालका ३ ठूला राजिनितिक दल मध्ये नेपाली कांग्रेसले आदिवासी जानजातिको बारेमा र जतिय आधारमा संघिय संम्रचनाको विपक्षमा रहेको, नेकपा एमाले पनि त्यसको विपक्षमा नै रहेको र संघियताको नारा उरालेर १० वर्ष जनयुद्ध लडेर शन्ति प्रक्रियामा आएपछि एनेकपा माओबादी समेत जातियताको आधारमा संघीय राज्यको बिपक्षमा गएको र यसै विषयले गर्दा पार्टिभित्र गुटबन्दी भएको कुरा बताउनु भयो । समग्रमा तिनैवटा ठूलापाटीमा ब्राम्हणहरूनै ठूला नेता भएकोले पार्टी फरक भएपनि सोच एउटै भएको र उनिहरूको भित्रि मनसाय जतिय आधरमा संघिय राज्यको विपक्षमा भएको कारणले नै संविधान निर्माणमा ढिलाई भएको हो भन्नु भयो । उहाँको उक्ति थियो संविधान निर्माण हुन नसक्नुमा "जे देखिएको छ त्यो साचो होईन, जे नदेखिएको छ त्यो साचो हो" समग्रमा क्षेत्री ब्राम्हणहरू जातियताको आधारमा संघीय राज्य निर्माण गर्न कुनै हालतमा चाहदैनन् चाहे त्यो जुनै पाटी विषेशको होस् । श्री भट्टचनको अविव्यक्तिहरू आउँदै गर्दा विच विचमा तालीको पर्राहरू लगातार बज्ने गर्दथ्यो भने उहाँको विचार सुन्नकालागि खचाखच भरिएको हलमा उपस्थित जनमानस कार्यक्रमको अन्त्यसम्म डगमगाएको थिएन । विगत वर्षहरूभन्दा यस वर्षको कार्यक्रममा सहभगिता अध्याधिक भएको देखिन्थ्यो र सहभागिहरूको गम्भिरतालाई हेर्दा आदिवासी जनजातिमा जातीय चेत केही विकास भएको कि भन्ने भान हुन्थ्यो ।

यस वर्ष स्थानिय चाईनीज पाहुँनाहरूको पनि बाग्लो उपस्थिति रहको थियो र उहाँहरूको लागि डा. भट्टचनले अग्रेजीमा समेत सम्बोधन गर्दै आफ्नो भनाई राख्नु भएको थियो । यसरी पहिलो चरणको कार्यक्रमलाई संघका अध्यक्षले समापन गर्नु भएको थियो । कार्यक्रमको दोश्रो चरणमा जनजाति भेषभूषा पनि प्रदर्शन गरिएको थियो । भेषभूषा गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, तामाङ, दुरा, नेवार, शेर्पा र थकाली लगायतले प्रदर्शन गरेका थिए । भेषभूषा प्रदर्शनपछि प्रदर्शकहरूले आफ्नो जातिय प्लेकार्डको अर्कोपाटोमा लेखिएको नेपाली शब्द प्रदर्शन गरेका थिए र साथमा वर्ष पुरुष र बर्ष नारीले हातमा नेपाली राष्ट्रिय भण्डा लिएर उभिएपछि पन्चकन्याहरूले ''गर्वले भनौं हामी नेपाली'' प्लेकार्ड प्रदर्श एक साथ गरेका थिए । यस अवसरमा गायक कमल राई, बिमला राई र रिता गुरुङले हामी नेपाली भन्ने बोलको राष्ट्रिय गीत गाएका थिए । त्यसपछि जनजाति कलाहरहरूले विविध जातीय नाच, झाँकी, गीत प्रस्तुत गरेका थिए । तर समय अभावका कारण सवैले आफ्नो झाँकी प्रदर्शन गर्न नपाउँदा कलाकाहरू निरास भएर र्फकनु परेको थियो ।

सन् १९९४ साल देखि अगस्त ९ तारिकलाई विश्व आदिवासी दिवसको रुपमा मान्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त यस पर्वलाई राज्यसत्ता पक्षबाट अधिकार प्राप्त गरिसकेका मूलुकका आदिवासी जनजातिहरूले हर्ष उल्लास र खुसियालीको रुपमा मनाउने गर्दछन् भने अझै पनि राज्यपक्ष र साशक वर्गबाट शोषित र उत्पिडित मूलुका आदिवासी जनजातिहरूले आफ्नो हक हित र अधिकारको सुनिश्चितको माग गर्दै आन्दोलनको रुपमा यो पर्व मनाउने गर्दछन् । प्रवास हङकङमा रहेका नेपाली जनजातिहरूको सन्दर्भमा अधिकांस नेपालीहरूको विदा आइतबार पर्ने भएकोले यसवर्षको अगस्त ९ मंलगबारको दिन पर्न गएकोले ७ अगस्तकै दिन आदिवासी दिवस मनाएको हो । यस बर्षको विश्व आदिवासी दिवस जानजाति महासंघ हङकङले सभ्यताका साथ सम्पन्न गरेको कुरा उपस्थित सवै सहभागिले महशुष गरेको बताए । साँझ ७:३० बजे सुरु भएको कार्यक्रम ११ बजे सकिएको थियो । पहिलो र दोश्रो चरणको दुवै कार्यक्रमलाई संघका उपाध्याध्य रिता गुरुङले सन्चालन गर्नु भएको थियो ।


Posted Date : 09 August 2011 | Views : 1961 | Comment : 0