कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङका किरात सुनुवारहरुले उधौली फोल ष्याँदर धुमधामसँग मनाए

सम्वाददाता बगैंचा डटकम

हङकङका किरात सुनुवारहरुले उधौली फोल ष्याँदर धुमधामसँग मनाए

सम्वाददाता बगैंचा डटकम

२०११ डिसेम्वर १८ का दिन वान्चाई स्थित यति रेष्टुरेण्टमा सुनुवार समाज हङकङको आयोजनामा एक औपचारिक कार्यक्रमकासाथ किरात सुनुवारहरुको महान चाड उधौली फोल ष्याँदर पिदार धुमधामसँग मनाईएको छ । संस्थाका अध्यक्ष नरेश कुमार सुनुवारको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागारिक तथा (कोईंच मुल्खी) मान बहादुर सुनुवार र विषेश अतिथिमा किशोर राई लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आशनग्रहण गराईएको थियो । कोईंच विधि अनुसार जोर सगुन राखि निकअ्वक छर्कि धुप धुवार गरि बत्ति जलाएर कार्यक्रम उद्घाटन गरिएको थियो । संस्थाका उपाध्यक्ष सुरज सुनुवारले सम्पूर्ण आगन्तुकलाई औपचाकि रुपमा स्वागत तथा शुभकामना व्यक्त गरेपछि क्रमीक रुपमा अतिथिहरुबाट फोल ष्याँदरको उपलक्ष्यमा शुभाकमना मन्तव्य ब्यक्त गरेका थिए । संस्थाका सहसचिब सृष्टि सुनुवारले सन्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै सुनुवार जति र ष्याँदर पिदारको बारेमा छोटो जानकारी गराउदै अध्यक्षबाट औपचाचिक कार्यक्रम विसर्जन गरेपछि प्रमुख अतिथि तथा कोईंच मुल्खी मान वहादुर सुनुवार अन्य अतिथि सबैले सामुहिक रुपमा एकसाथ ढोल झ्याम्टा बजार ष्याँदर सिल सुरु गरिएको थियो ।

विगत देखि साँचेर राखेको ष्याँदर शिल नाच्ने रहरलाई पालैपालो गरि ढोल झ्याम्टा बजाउदै मज्जाले नाचेर सबैले आफ्नो धोको पूरा गरेका थिए । यस बर्ष देखि हङकङका सुनुवारहरुले पनि ढोल झ्याम्टा बजाएर ष्याँदर पिदार गर्ने कार्य थालनि गरेका छन् । किरातहरुको माहान चाड उधौलीलाई सुनुवारहरुले फोल ष्याँदर, लिम्बूहरुले चासोक,  राईहरुले साकेला र यख्खाहरुले चासु भन्ने गर्दछन् र यो चाड मंसिर महिनामा मान्ने चलन छ ।


Posted Date : 19 December 2011 | Views : 1924 | Comment : 0