कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङमा किरात कोईचहरूको महान चाड 'उभौली ष्याँदर २०६९' धुमधामसँग मनाईयो



हङकङमा किरात कोईचहरूको महान चाड 'उभौली ष्याँदर २०६९' धुमधामसँग मनाईयो

कल्पना तुम्रोक

किरात सुनुवार समाज हङकङको आयोजनामा किरात कोईच सुनुवारहरूको महान चाड 'उभौली ष्याँदर २०६९' २० मे २०१२ का दिन हङकङको सुन्दर ठाँऊ पार्कभ्यू कन्ट्रीपार्कमा भब्यताको साथमा सम्पन्न भएकोछ।

किरात सुनुवारहरुको संस्था सुनुवार समाज हङकङ स्थापना भएको लगभग एक दसक भएको छ र बिगतका बर्षहरुमा साधरण भेटघाट गरेर ष्याँदर मनाउदै आएको थियो भने यो वर्ष आफ्नो मौलिक बाजा ढोल, झ्याम्टा बजाएर बिधिवत रुपमा मनाएको हो। उक्त कार्यक्रममा मौसमको प्रतिकुल्ता झरीको बाबजुत पनि बिभिन्न संघ संस्थाका ब्यक्तित्व लगायत गैर सुनुवारहरुको समेत उल्लेखनीय उपस्थिती रहेको थियो।

उभौली ष्याँदर पूजामा सुनुवारहरूको तर्फबाट जेष्ठ नागरिकको हैषियतले संस्थाका सल्लाहकार तथा धरान हङकङ मञ्चका अध्यक्ष बुद्धी बहादुर सुनुवारलाई नाSसो (पुजारी) बनाई संस्थाका अध्यक्ष नरेश कुमार सुनुवारले फेटा गुथाएपछि विधिवत रूपमा पूजा शुरू गरिएको थियो ।

अध्यक्ष नरेश कुमार सुनुवारको अध्यक्षता रहेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम.बी. थापा दर्लामी मगर, बिषेश अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, अतिथिहरुमा किराँत याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्ण राज लावोती, किरात राई यायोक्खाका अध्यक्ष शशि मदन राई, नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई, नेपाली चेस सोसाईटी हङकङका अध्यक्ष मोती चाम्लिङ,  मूलबाटो डटकम संयोजक किन्दर राई, राज्यसत्ता डटकमका संयोजक होम थापा, किरात राई खाम्मातिमका उपाध्यक्ष पिताम्बर राई, पान्थर मञ्च हङकङका उपाध्यक्ष कल्पना तुम्रोक, एचकेनेपाल डटकमका फोटो पत्रकार जगत गुरूङ (अम्बु), जेपिटी डटकमका कृष्ण गुरूङ लगायत विभिन्न संघसंसस्था र क्षेत्रका ब्यक्तित्वहरूलाई आशनग्रहण गराईएको थियो ।

अतिथि वक्ताहरु- होम थापा, किसन राई, कृष्ण राज लावोती, एम.बी. थापा, शशी मदन राई, किन्दर राई, मोती चाम्लिङ र प्रदिप थापाले किरात सुनुवारहरुको 'उभौली ष्याँदर २०६९' को उपलक्ष्यमा शुभकामना मन्तब्य दिएका थिए । औपचारिक कार्यक्रमलाई अध्यक्ष नरेश कुमार सुनुवारले बिसर्जन गरेपछी उपस्थितजनहरु ष्याँदर नृत्यमा उत्सुक्ताका साथ सहभागि भएका थिए।ष्याँदरमा उपस्थित सबैलाई सुनुवारी परिकार सगुनी खाजा स्वरूप  निशुल्क बितरण गरिएको थियो ।

कार्यक्रमलाई समाजका सह सचिव सृस्टी सुनुवारले सन्चालन गरेकी थिइन।


Posted Date : 22 May 2012 | Views : 1860 | Comment : 0