कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुनुवार समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

भरत लामा

सुनुवार समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

 

भरत लामा

सुनुवार समाज हङकङले ११ नोभेम्बर २०१२ को साँझ वानचाई स्थित यति क्लब एण्ड रेस्टुरेन्टमा भव्यताका साथ देउसी भैलो तथा दिपावली साँझ सम्पन्न गरेको छ ।

नेपाली सम्बत २०६९ सालको दिपावली साँझलाई यस पटक यस संस्थाले अलि पृथक अनि भव्यताका साथ यसर्थ मनाएको छ कि दिपावली साँझमा नेपाली संघ सस्थाका प्रमुखहरुको बाक्लो उपस्थिति रहनु, देउसी गीतहरु ठेट नेपाली लोकगीतको प्रस्तुति रहनु, गीत संगीतको समायोजन अत्यन्तै सुन्दर ढंगको प्रस्तुतिकरण रहनु हो ।

पहिलो चरणको गीत संगीतमा सुनुवार समाज हङकङका सुनुवार कलाकारहरु क्रमश: गायक एल. बि. मुखिया सुनुवार, गायिका सृष्टि सुनुवार, गायिका रबिना थापा सुनुवार, बेश गितार बादक संयोग सुनुवार, रिदम गितार बादक संयम सुनुवार, मादल बादक बिष्णु प्रसाद सुनुवार र श्याम सुनुवारको प्रस्तुति थियो भने दोश्रो सांगीतिक माहौलमा दिपेश लामा, रमेश राई र प्युस श्रेष्ठको बेजोड प्रस्तुतिले कार्यक्रम कक्षमा असिमित रौनकता भरेको थियो । दिपेश लामाको जादुमय संगीतले मन्त्र मुग्ध भएका अथितिहरुले सुनुवार समाज हङकङको यस बर्षको दिपावली साँझ अन्य नेपाली संघ संस्थाहरुको सास्कृतिक दिपावली कार्यक्रम भन्दा अब्बल दर्जाको कार्यक्रम भएको भन्ने टिका टिप्पनणीहरु सुन्नमा आएका छन् ।

प्रथम चरणको सांगीतिक कार्यक्रम सुरु हुनु अगाबै औपचारिक कार्यक्रम सहित अथिति गणहरुलाई स्वागत गरिएको थियो । सुनुवार समाज हङकङका अध्यक्ष नरेश सुनुवारको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमका प्रमुख अथिति नेपाली महा संघ हङकङका अध्यक्ष प्रदिप थापा थिए भने बिशेष अथितिहरुमा बेलायति गोर्खा भू. पु. सैनिक संघ हङकङका अध्यक्ष हेम प्रताप गुरुङ, भारतीय भू. पू. सैनिक संघ हङकङका अध्यक्ष जङ्ग बहादुर गुरुङ र नेपाली आदिबासी जनजाती महासंघका अध्यक्ष एम. बि. थापा रहेका थिए । त्यस्तै अतिथिहरूमा किरात राई आयोक्खा हङकङका अध्यक्ष सशी मदन राई, आदिबासी गीतकार समाज हङकङका अध्यक्ष प्रदिप कन्दङ्वा, तमु ट्यो हयुल हङकङका उपाध्यक्ष रिता गुरुङ, नेपाली आदिबासी जनजाति महासंघ हङकङका प्रमुख सल्लाहकार भक्त बहादुर दुरा सल्लाहकार नरहाङ राई, तामाङ घेदुङ संघ हङकङका उपाध्यक्ष सरस्वती तामाङ, साङपाङ जुम्लेखा हङकङका अध्यक्ष हरिस चन्द्र राई, बान्तवा यायोक्ला हङकङका अध्यक्ष मोहन बान्तवा राई, दुमी फान्सिकिम हङकङका अध्यक्ष कमल दुमी राई, चाम्लीङ खम्बातिम हङकङका उपाध्यक्ष पिताम्बर राई, हङकङेलि साहित्यमा स्थापित गजलकार तथा साहित्यकार अशोक राई, नेप्लिज चेस सोसाइटी हङकङका अध्यक्ष मोति चाम्लिङ, बगैचा डटकमका टक-शो प्रस्तोता भरत लामा र समाजसेवी पदम सिं थापा, संगितकार दिपेश लामा, गायक प्यूस श्रेष्ठ, वाध्य बादक रमेश राई, किशोर राई, धिरज कुमार राई लगायत बिभिन्न क्षेत्रका ब्यक्तित्वहरू रहेका थिए ।

सुनुवार समाज हङकङका अध्यक्ष स्वयंले अध्यक्षता गरेको कार्यक्रममा स्वागत मन्तब्य समेत अध्यक्ष स्वयंको रहेको थियो । यस किसिमको प्रयोग हङकङेलि नेपाली संघ संस्थाका कार्यक्रमहरुमा सायद पहिलो चोटी देखिएको हो । सास्कृतिक कार्यक्रममा मनोरंजन रस स्वादन गर्न निम्त्याइएका निम्तालुहरुलाई आसन ग्रहण र मन्तब्यहरुले घन्टौ समय लम्ब्याउने र पट्यार लाग्दो बनाउने परिपाटीको अन्त्य गर्दै सुनुवार समाज हङकङले साच्चिकै मितव्ययी नौलो र सटिक प्रयोगको सुरुवात गरे झैँ प्रतित हुन्छ । प्रमुख अथिति नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापाले मात्र अत्यन्तै छोटकरीमा शुभकामना मन्तब्य ब्यक्त गरेपछि औपचारिक कार्यक्रमको समापन भएको थियो भने औपअचारिक कार्यक्रमको संचालन सुनुवार समाज हङकङका उपाध्यक्ष सुरज सुनुवारले गरेका थिए ।

औपचारिक कार्यक्रमको अन्त्य पछि प्रमुख अथिति, बिशेष अथिति तथा अथितिहरु दर्शक दीर्घामा टनाटन भरिए पछि मनमोहक संगीतमय वातावरण भित्रबाट सुमधुर स्वरहरुले यति क्लब गुन्जायमान भयो । मनोरन्जनको क्रममा अथितिहरुको तर्फबाट पनि केही गीतहरु गायक कमल राई र कबि तथा साहित्यकार मोति चाम्लिले आफ्नो जन्म थलोको याद दिलाउने गीतहरु प्रस्तुत गरेका थिए । अत्यन्तै अनुसासित धैर्यताका साथ अथिति महानुभाबहरुले सुनुवार समाज हङकङले आयोजना गरेको यो अविस्मरणीय संगीतमय दिपावली साँझलाई नियालेका थिए । दियो कलस फूलपाति र अक्षताले सजिएको देउसी भैलोको पंचपालामा अथितिहरुले सहयोगी मनका साथ जम्मा २० हजार डलर  दक्षिणा अर्पण गरेका थिए । देउसी भैलो आयोजक सुनुवार समाज हङकङले संकलन गरेको सो राशीलाई भाषा कला तथा सास्कृतिक उत्थानको लागि प्रयोग गरिने जानकारी सो समाजका अध्यक्ष नरेश सुनुवारले बताएका छन् ।


Posted Date : 15 December 2012 | Views : 794 | Comment : 0