कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

कुलदीप सुनुवार स्मृति कोषको ग्रामिण शैक्षिक कार्यक्रमको घोषणा



कुलदीप सुनुवार स्मृति कोषको ग्रामिण शैक्षिक कार्यक्रमको घोषणा

    काठमाण्डौ मंसिर २७, कुलदीप सुनुवार स्मृति कोष समितिले यस पटक अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले ग्रामिण स्तरको शैक्षिक अवस्थामा सुधारका लागि संस्थाले गत सालबाट ग्रामिण क्षेत्रमा सहयोगको सुरुवात गरेको छ । संस्थाले मंगलबार पुन्य तिथिको अवसर पारेर स्व. कुलदीप सुनुवारलाई श्रद्धान्जली अर्पण गर्दै ँकुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०६९ को घोषणा गरेको छ ।

प्रतियोगिताका लागि रामेछाप जिल्ला, कुबु काँस्थली गाविस वडा नं. २ स्थित श्री चण्डस्वरी निमावीसँग सहकार्य समेत गर्ने जनाएको छ । संस्थाले स्व. कुलदीप सुनुवारको वाषिर्क पुन्यतिथिको अवसर पारेर तीन पटक राष्ट्रिय कविता प्रतियोगिता, छात्रवृद्धि तथा कुशल साहित्य पुस्तक समेत प्रकाशित गरिसकेको छ । संस्थाले भावि दिनहरुमा अझै समाज सेवामा सक्रियता बढाउने तथा कुशल नामक बुलेटिन प्रकाशनमा ल्याउने समेत जनाएको छ ।

कुलदीप सुनुवार पिता पूर्ण बहादुर सुनुवार र माता लिलामाया सुनुवारको कान्छा छोरा हुन् । उनका ३ दाजुहरु र एक दिदि छन् । २९ वर्षा अविबाहित कुलदिपको २०६४ मंसिर २६ गते आफ्नै निवास धापाखेल ललितपुरमा हृदयघातका कारण निधन भएको थियो । स्नाकोत्तरको थेसिस लेख्ने क्रममा रहेका उनि सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कार्यकारणी सचित तथा माओवादी लडाकु हतियार अनुगमन संस्था अनमिनका भाषा अनुवादकका रुपमा कार्यरत थिए । सानै देखि गीत संगितमा अभिरुचि राख्ने कुलदीप सुनुवारका १ दर्जन भन्दा बढी गीतहरु र्रकर्ड भएका छन् ।


Posted Date : 15 December 2012 | Views : 1780 | Comment : 0