कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुसेसको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजयी



सुसेसको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजयी

काठमाडौँ, पुष २

सुनुवार सेवा केन्द्रिय समितिको अध्यक्षमा पुन: मनप्रसाद सुनुवार विजय हुनु गएको छ । २०६७/९/१६ को सातौं सम्मेलनले पनि मनप्रसाद सुनुवारलाई अध्यक्षमा विजय गराएको थियो। उक्त सातौं सम्मेलनका केही प्रतिनिधिले उक्त सम्मेलनको निर्वाचन प्रक्रियाको विरोध गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश गरेकाले समिति कामचलाउको अवस्था रहेकोले पुन: निर्वाचन भएको हो । २०६९ मंसिर ३० सम्पन्न हुने भनिएको आठौँ राष्ट्रिय सम्मेलन पुरक २०६९ पुरा हुन नसकेकाले पुस १ मा सम्पन भएको छ ।संस्था मातहात रहेका सबै लिल्ला, क्षेत्र, गाविस, गाँउका सबै प्रतिनिधि उपस्थित रहेको सम्मेलनमा सहमतिका आधारमा पदाधिकारीहरु छनोटको प्रयास भए तापनि अन्त्यमा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।अध्यक्ष पदका लागि निर्वाचन समितिमा मनप्रसाद सुनुवार र लोकप्रिय सुनुवारले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष कानुनविद् डा. बलबहादुर मुखिया, तथा सदस्यहरु अधिवक्ता ईश्वरकिरण सुनुवार, कानुनी अधिकृत रामप्यारी सुनुवार, द्वन्द्व व्यास्थापन विशेषज्ञ मनोरमा सुनुवार तथा सुविसका अध्यक्ष सुदीप सुनुवार रहेको निर्वाचन समितिले निक्कै लामो समय लिएको निर्वाचनको परिणाम राती १० बजे घोषणा गर्यो । घोषणाका अनुसार निर्वाचनमा जम्मा मत १६० खसेकोमा लोकप्रिय सुनुवारले ३७ मत प्राप्त गर्नु भयो भने मनप्रसाद सुनुवारले ११७ मत प्राप्त गरि विजयी हुनुभयो । यस्तै ६ मत भने वदर भएका थियो । सम्मेलनमा समितिले २०६९/९/११ देखि २०६९/८/२९ गते सम्म गरेका कार्यहरुको प्रगति र आर्थिक प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन माथि भएको छलफलले निकै समय लिएको थियो ।

२०६७/९/१६ को सातौँ सम्मेलनमा केही प्रतिनिधिले उक्त सम्मेलनको निर्वाचन प्रक्रियामाको विरोध गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यलयमा निवेदन पेश भएको थियो। निवेदन दिनेहरुमा स्थायी घर ओखलढुङ्गा जिल्ला हाल कामनपा-६, महाँकाल बस्दै आएका बिष्णुबहादुर सुनुवार (बिलन्दु गाविस९), दिपक सुनुवार (श्रीचौर गाविस-७), प्रकाश सुनुवार (पात्ले-७) स्थायी घर ओखलढुङ्गा जिल्ला पोकली गाविस-३ हाल कामनपा-३५ काँडाघारी बस्ने मावर सुनुवार, यस्तै स्थायी घर सिन्धुली जिल्ला सिर्थौली गाविस-९ हाल कामनपा-३५ कोटेश्वर बस्ने उदयबहादुर सुनुवार रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उक्त उजुरी उपर  पुन: साधारण सभा गराउनु भनि २०६७ साल माघ १२ गते निर्देशन जारी गरेको थियो । सुसेसमा कानुनी अवरोध अन्त्य गर्नका लागि संस्थाका कामचलाउ समितिले ‍२०६७ फागुन २५ मा सर्वोँच्चोमा रिट दायर गरेको थियो । उक्त रिटको सुनुवाई गर्दै सर्वोच्चले मिति ‍२०६७ फागुन २६ मा अन्तिम फैसला टुंगो नलागे सम्म जिप्रका काठमाडौंले दिएको निर्देशन पालना गर्नु भनि अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले २०६९‍ असार १८ गते फैसला गर्दै उत्प्रेषण परमादेश विपक्षी जिल्ला प्रशासन कार्यलय काठमाडौलाई परमादेश जारी सोहि अनुसार जिप्रकाले सुनुवार सेवा समाज केन्द्रिय समिति, काठमाडौंबाट अख्तियार प्राप्त सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई मिति २०५९ असोज १ मा रिट निवेदन खारेज भएको ठहरी तीन महिना भित्र संस्थाको विधान बमोजिम कार्यसमितिको निर्वाचन गरी संस्थाको विधान बमोजिम कार्य समितिको निर्वाचन गरी प्रतिवेदन पेश गर्नु भनी आदेश जारी गरेको थियो ।

संस्थाले मिति २०६९ मंसिर ९ गते संस्थाका संस्थापक, सल्लाहकार, क्षेत्रिय, जिल्ला समितिका प्रतिनिधि सम्मेलित भेलाले संस्थाको विधान २०४५ संशोधन २०६० र ५६ को अनुच्छेद ११ को दफा १,,,४ र ५ बमोजिम श्री टंकराम सुनुवार संयोजक, मनप्रसाद सुनुवार सहसंयोजक र रणवीर सुनुवारलाई संगठन विभाग प्रमुखमा चयन गरी विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो ।

 

हाल नवनिर्वाचित तथा सर्वसहमतबाट बिजयी भएका सुसेस केन्द्रिय समितिका पदाधिकारीहरु

. अध्यक्ष –   मनप्रसाद सुनुवार

. उपाध्यक्ष रणवीर सुनुवार

. उपाध्यक्ष –  बिमला सुनुवार

. उपाध्यक्ष देविन्द्रकुमार मुखयिया सुनुवार

. महासचिव खडोस सुनुवार

. सचिव –    मनोजकुमार सुनुवार

. कोषाध्यक्ष उत्तमकुमार सुनुवार

. सदस्य –    शान्तिमाया सुनुवार

. सदस्य –    झनाकुमारी सुनुवार

१०. सदस्य –   डिका संघर्ष सुनुवार

११. सदस्य –   शोभादेवी सुनुवार

१२. सदस्य –   विश्वकिरण सुनुवार

१३. सदस्य –   समिर मुखिया सुनुवार

१४. सदस्य –   अमरदीप सुनुवार

१५. सदस्य –   दीर्गबहादुर सुनुवार

१६. सदस्य –   प्रेमकुमार सुनुवार

१७. सदस्य –   नारायणबहादुर सुनुवार

१८. सदस्य –   मोहन सुनुवार

१९. सदस्य –   बुद्धिबहादुर सुनुवार

२०. सदस्य –   अमृतबहादुर सुनुवार

२१. सदस्य टंककुमारी सुनुवार


Posted Date : 19 December 2012 | Views : 1891 | Comment : 0