कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुनुवार सेवा समाजलाई ब्याच उपहार

नेतेश सुनुवार

सुनुवार सेवा समाजलाई ब्याच उपहार

बैशाख २९, काठमाडौँ

सुनुवार सेवा समाज स्थापना दिवसको २५औँ वर्ष पुगेकोमा सुनुवार सेवा समाज केन्द्रिय समितिले रजत वर्ष २०७० घोषणा सभाको अवसरमा समाजलाई नयाँ ब्याज प्राप्त भएको छ । सुनुवार समाज हङकङले सहयोग स्वरुप ब्याच प्रदान गरेको हो । "पहिचान र समानताको लागि हाम्रो प्रतिबद्धता" भन्ने मूल नारा लिएर मनाईएको शुभकामना आदनप्रदान कार्यक्रममा ब्याच वितरण समेत गरिएको थियो । पछिल्लो समयमा जातियता, धर्म, साँस्कृति तथा पहिचानका मुद्दा ब्यापक चर्चा परिचर्चाका साथै वहसका विषय बनिरहेको नेपालका वर्तमान राष्ट्रिय मुद्दा बनेको छ । २०४५ सालमा आफ्नो पहिचानको संरक्षण र विकासको लागि स्थापना भएको जातिय संस्था सुनुवार सेवा समाजले हाल आफ्नो पहिचान, अधिकारको लागि लड्दै आएको छ ।

रजत वर्षका अवरमा पारेर ब्याच  वितरण गरिएको छ  । सुनुवार सेवा समाज केन्द्रिय समिति काठमाडौँ र सुनुवार समाज हङकङको पहलमा निर्मित ब्याचका डिजाइन हाल हङकङ निवासि मोहन सुनुवारले गर्नुभएको हो । नयाँ सोचले बनाईएको ब्याचको वितरण प्रणालीलाई पनि निकै व्यावस्थित बनाईएको छ । कुनै कारणबस ब्याच हराएमा ब्याचको पछिल्लो भागमा सम्पर्क नम्बर र ब्याच नम्बर राखिएको छ । ब्याच सुनुवारले मात्र प्रयोग गर्न पाउने छन। यसबाट संकलन भएको आर्थिक रकम सुनुवार सेवा समाज केन्द्रिय समितिको सम्पति हुने ब्रोशरमा उल्लेख भएको छ ।

ब्याचका विवरणका साथ सुनुवार सेवा समाज केन्द्रिय समितिका वर्तमान अध्यक्ष मानप्रसाद सुनुवार, सुनुवार समाज हङकङका अध्यक्ष नरेश सुनुवार  तथा ब्याच परिकल्पनाकार मोहन सुनुवारको मनतव्य:

 

सुसेस केस अध्यक्ष मनप्रसाद सुनुवारको मन्तव्य

'गो यो कोइँच नाङ । गो कोइँचपुकि काः दुम्चा माल-बा । कोईच कोईच दुशा काः दुम्शा बाअचा माल्चा । तेङा कोईच बाअचा दुम्नि ?, खिङ्गान बाअइ एँ ' 

हामी आफैले आफ्नो मातृभाषामा चिनाउँदा वा चिनाइ माग्दा आफुलाई 'कोईच' भन्छौं । तर राज्यले हामीलाई सुनुवारको रुपमा चिनायो । जसको पछाडिको कथा सुनकोशी नदी वरिपरि बसोबास गर्ने जाति भएकोले 'सुनुवार' आदिवासी जनजातीय नाम रहनगएको केही लेखोट समेत पढ्न र सुन्न पाउँछौं । 'सुनुवार' आदिवासी जनजातीय नाम पनि विभिन्न मुलुकले विभिन्न पारामा उल्लेख गरेको पाउँछौं । कतै 'सुन्वार', कतै 'सुनवार' । हाम्रै माटो भएको मुलुक नेपालकै सञ्चार माध्यम, पाठ्यपुस्तक, शब्दकोशमा 'सुनुवार र सुनार' शब्दलाई पर्यावाची शब्दको रुपमा प्रयोग गर्दै आए, अझै गर्दै छन् । तर हाम्रो असली पहिचान भनेको हामीले हामी आफुलाई जसरी चिन्छौं त्यही हो 'कोईच' । सुनकोशी वरिपरि बसेकाले सुनुवार आदिवासी जनजातीय नाम रहन गयो भनेर चिनारी दिनु भनेको नितान्त एक जाति, एक धर्म, एक भाषा, एक संस्कृति, एक नीतिको छलकपटपूर्ण राजनीतिक आवरण मात्र थियो, छ र हो । सुनकोशी नदीको नाम अगाडि कि सुनुवार अगाडि ? 'सुनकोशी' भन्ने शब्द नै खस भाषाको शब्द हो जुन भाषा कोईच अर्थात् किरात किपटमा सत्रौं-अठारौं शताब्दिमा प्रवेश गरेको हो । अब हरेक कोईच सचेत भइ सकेको अवस्था छ । हामी जातजाति अर्थात् Caste, Race, Ethnic होइनौं । हामी त आफ्नै छुट्टै पहिचान भएको आदिवासी जनजाति Indigenous Nationalities हौं । हाम्रो आफ्नै पुख्र्यौली भूमि 'किपट', भाषा, धर्म-संस्कृति, कला-साहित्य, परम्परागत संस्था, न्याय प्रणाली, सामाजिक चालचलन, लिखित अलिखित इतिहास छ । यसैले कसैले दिएको बाहिरीय नाम भन्दा पनि हामीले हाम्रै आफ्नो मातृभाषाको चिनारी नाम 'आदिवासी जनजाति कोईच' भन्न बिना हिच्किटाहट गर्व गर्नु पर्दछ । र, यो आदिवासी जनजातिको मौलिक अधिकार पनि हो ।

सुनुवार सेवा समाज पनि यही पहिचानको विषयलाई मुल आधार मानेर स्थापना भएको हो । विगत पच्चीस वर्ष अगाडि कोईचको पूख्र्यौली भूमिबाट पढ्न-लेख्न तथा रोजगारीको सिलसिलामा नेपाल खाल्डोमा पसेका कोईचहरुको पहिचान सम्बन्धी जागरुकताको उपज हो सुनुवार सेवा समाज । यस रजत वर्षको अवधिमा सुनुावर सेवा समाजले विश्वका सुनुवारलाई एकट्ठा गर्न सकेको छ । कोईच पहिचानको विविध सन्दर्भ सामाग्रीहरुको प्रकाशन गरेको छ । जहाजहाकोईचहरुको बसोबास छ तत् तत् गाउँ, जिल्ला, क्षेत्र लगायत छिमेकी मुलुकमा समेत शाखा तथा भातृ संगठन विस्तार गर्न सकेको छ । आफ्नो स्थायी कार्यालय व्यवस्थाको लागि भवन निर्माण गरेको छ भने जातीय पहिचान, भाषा, धर्म-संस्कृति, कला-साहित्य, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न विभिन्न अन्य परम्परागत तथा प्रतिनिधिमूलक संघसंस्थासग ऐक्यवद्ध भई सरकारलाई घच्घचाउने काम गरिरहेको छ । तै पनि धेरै कुराहरु संस्थागत गर्न बाकी छ । पहिचानको सन्दर्भमा सुनुवार सेवा समाज मात्र होइन आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थाहरु सरकारलाई बाध्य पार्न सकीरहेका छैनन् । संविधान सभाको अन्त्य पहिचानकै रस्साकसीको कारण भएको सर्वविवितै छ ।

यही विषम परिस्थितिमा हामीले जतिसुकै आफ्नो फरक चिनारी प्रस्तुत् गर्दा पनि समाज र देशले नचिनेको बाहनावाजी गरीरहेको अबस्थामा वैकल्पिक उपायहरुकखोजी गर्दै सुनुवार समाज हङकङ कोईच पहिचानरुपी व्याच निर्माण गरेकोमा सुनुवार सेवा समाज, केन्द्रीय समिति हर्षविभोर भएको छ । यस व्याचले कोईच-कोईच वीच 'ए हो ! ऊ पनि कोईच पो रहेछ है' भनेर आपासी चिनाजानी गर्ने आधार बन्ने र कोईचइतरमा ', यो मानिस त कोईच पो रहेछ' भनेर आदिवासी जनजाति कोईचको पहिचान दिनसक्ने गतिलो आधार बन्ने छ भन्ने आशा सुनुवार सेवा समाजले लिएको छ । हामी सम्पूर्ण कोईचहरुलाई पहिचानको निम्ति सहयोग पुराउन एउटा अतुलनीय र अमूल्य भूमिका खेल्ने सुनुवार समाज हङकङको यस्तो सह्रानीय कार्य गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र अन्य सहयोगी मित्रहरुलाई सुनुवार सेवा समाज केन्द्रीय समिति र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किरात कोईच बन्धु, दिदीबहिनीहरुलाई यो पहिचानरुपी कोईच व्याच लिएर सहयोग गरिदिन पनि हार्दिक अनुरोध गर्दछु ।

मनप्रसाद सुनुवार

अध्यक्ष

सुनुवार सेवा समाज

केन्द्रीय समिति, काठमाडौं

 

 

नरेश कुमार सुनुवारको मन्तव्य

नम सेवल,

हङकङ प्रवासमा रहेका सुनुवार किरात कोईचहरूको साझा संस्था हो 'सुनुवार समाज हङकङ' । प्रवासमा रहँदा आईपर्न सक्ने विविध प्रकारका साह्रो गाह्रो र अप्ठ्यारो अवस्थामा सामाजिक, आर्थिक र भौतिक सहयोग सामुहिक तथा संस्थागत रूपमा गर्न वा पुर्याउन सकियोस भन्ने अवधारणाले यो संस्था स्थापना गरिएको हो भने जहाँ रहे जहाँ बसे पनि आफ्नो जातीय संस्कार, भाषा, संस्कृति, परम्परा र भेषभुषा लगायत आफ्नो पहिचान र अस्तित्वको संरक्षण, सम्वर्धन विकास गर्न कसरी सकिन्छ र के कस्ता नयाँ आयामहरू थपेर कोईचहरूको पहिचानलाई मजबुत बनाउन सकिन्छ जस्ता कुरामा निरन्तर लागिपर्नु सुनुवार समाज हङकङको अर्का महत्वपूर्ण पाटो हो । त्यस्तै सुनुवार किरात कोईचहरूको एकमात्र साझा संस्था सुनुवार सेवा समाज केन्द्र लगायत यससँग आवद्ध अरू संघ संस्थासँग सहकार्य गरेर कोईचहरूको साझा सवाल र मुद्दामा सहकार्य गरेर अगाडि बढ्ने लक्ष लिएको छ । यसै अनुरूप सुनुवार सेवा समाज केन्द्रीय कार्य समिति काठमाण्डौसँग विगतमा केही सहकार्य सम्पन्न गरिसकेको छ भने केही महिना अगाडि सुनुवार सेवा समाज क्षेत्रीय समिति धरानले निर्माण गरिरहेको सुनुवार भवनको लागि सुनुवार समाज हङकङले आर्थिक संकलन गरी लगभग नेरू २ लाख ७० हजार नगद सहयोग गरेको छ । आफ्नो क्षमताले भ्याएसम्म यस प्रकारका कार्यहरू सुनुवार समाज हङकङले अगामी  दिनहरूमा  निरन्तर गरिरहने  कुरा यसै सन्देश मार्फत अवगत गराउन चाहन्छु ।

म स्वमं सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाण्डौको भुपु सदस्य तथा कोषाध्यक्ष पदभार सामाली सकेको हुनाले केन्द्रले के कस्तो आर्थिक संकट व्यहोर्नु परेर्छ र पर्छ भन्ने कुरामा भुक्तभोगि भएको हुनाले प्रवासमा रहेपनि केन्द्रलाई आर्थिक संकटबाट कसरी मुक्त गराउन सकिन्छ होला भन्ने कुरामा चिन्तित थिएँ र कोईच मित्रहरूसँगको भेटाघाटामा पनि यस विषयमा कुराकानि चलाउने गर्दथे । भाग्यवश आदरणीय दाई मोहन सुनुवार (खिजी काति, ओखल्ढुङ्गा) सँग भेट भयो र यस विषयमा लामो छलफल भयो । सुनुवार जाति र सुनुवार समाज प्रति केही गरौं भन्ने वहाँको पनि मनसाय भएकोले मिलेर केही गरौं भन्नुभयो र केही समय पश्चात 'ब्याच' को अवधारणा लिएर आउनु भयो । यस विषयमा केन्द्रीत भएर हामीले निक्कै गम्भिर छलफल चलायौं, सुनुवार समाज हङकङको बैठक बोलाएर बृहत छलफल गरेर अन्तिम निर्णय भएपछि सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाण्डौंका अध्यक्ष श्री मन प्रसाद सुनुवार समक्ष फोन मार्फत कुराकानी भयो, वहाँबाट पनि सकरात्मक बिचार पाएपछि विधिवत रूपमा पत्राचार भयो । केन्द्रबाट अनुमोदन पत्रको साथमा स्वीकृति प्राप्त भएपछि सुनुवार समाज हङकङले ब्याच उत्पान कार्य सुरू गरेको हो ।प्रक्रियागत रूपमा सर्वव्यापी होस र सकभर धेरै उत्कृष्ट र आकर्षक स्याम्पलहरू प्राप्तहोस र त्यस मध्धेबाट सर्वउत्कृष्टलाई छानेर 'ब्याच' छपाई कार्य थाल्ने योजना मुताविक ३ महिने म्याद राखेर वेब साईट मार्फत सूचना प्रवाह गरियो र प्राप्त भएका स्याम्पलहरू मध्येबाट सर्वोत्कृष्ट ठहरीएको ब्याचलाई केन्द्रमा प्रस्तुत गरेर केन्द्रले पास गरेपछी उक्त ब्याचलाई सुनुवार समाज हङकङले छपाई कार्य पूरा गरि सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाण्डौलाई बुझाउन सफल भएको छ । विश्वास छ केन्द्रले विधिवत तवरले ब्यापक रूपमा बितरण गर्ने छ ।

यसरी ब्याच उत्पादन कार्यमा सुरूदेखि अन्त्यसम्म सहयोग गर्नुहुने ब्याचका परिकल्पनाकार श्री मोहन सुनुवारलाई विषेश धन्यवाद दिन चाहन्छु । त्यसैगरी सुसेसकेस अध्यक्ष श्री मन प्रसाद सुनुवार तथा समितिका सम्पूर्ण पदाधिकारीहरू, केन्द्रीय सल्लाहकार श्री ईश्वर किरण सुनुवार, सुनुवार समाज हङकङका सम्पूर्ण पदाधिकारी तथा सल्लाहकारहरू, श्री श्यामकर्ण सुनुवार, सुनुवार सेवा समाज क्षेत्रीय समितिका अध्यक्ष श्री कृष्ण कुमार सुनुवार तथा सबै पदाधिकारी, किरात सुनुवार सेवा समाज युकेका सम्पूर्ण पवाधिकारी तथा सल्लाहकार श्री विजय मुखिया सुनुवार र मिडियातर्फ sunuwarsamajhk.org, kiratsunuwar.org.np (Dharan), bagaicha.com लाई धन्यवादका साथ आभार प्रकट गर्न चाहन्छु ।

यस ब्याचको बारेमा यसै ब्रोसेरा मार्फत उल्लेख गरि सकिएको छ र पनि म यो सन्देशबाट स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण सुनुवार किरात कोईचहरूलाई बिनम्र अनुरोध गर्न चाहन्छु- प्रत्येक कोईचहरूले एउटा ब्याज लिने प्रण गरौं जसले हामीलाई एउटै सुत्रमा बांध्ने छ र हामीले तिरेको ब्याचको दस्तुरले हाम्रो गरिमाम


Posted Date : 12 May 2013 | Views : 1932 | Comment : 0

Comments for this Article

Add Comment

Name
Email Address
Country
Comments
Please enter the string shown.