कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

१९ औं विश्व आदिवासी दिवसमा किरात सुनुवार सेवा समाज बेलायतको सहभागिता

भावना परिष्कृत

१९ औं विश्व आदिवासी दिवसमा किरात सुनुवार सेवा समाज बेलायतको सहभागिता

    १९ औं विश्व आदिवासी दिवस अगष्ट ९ तारीखलाई विश्वका विभिन्न देशका आदिवासी जनजातिहरूले भव्यताको साथ मनाइरहेको अवस्थामा आदिवासी जनजाति महासंघ बेलायतले भने आफ्नो समय अनुकूलता अनुसार २०१३ अगष्ट १० तारीख शनिबारको दिन भव्यताको साथ मनायो ।

बेलायतस्थित अक्सफोर्डमा आदिबासी जनजाति महासंघ बेलायत र आदिबासी जनजाति महिला महासंघ बेलायतले संयुक्तरूपमा एक दिवसीय कार्यक्रमको आयोजना गरेको थियो । आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतभरि रहेका विभिन्न आदिबासी जनजाति नेपाली संघसंस्थाहरूले आफ्नो जातीय पहिचानसहितको सांस्कृतिक कार्यक्रम लिएर सहभागिता जनाएका थिए । यसैगरी प्रत्येक जातीय संघ संस्थाबाट अतिथिहरूको उपस्थिति रहेको सो भव्य भेलामा किरात सुनुवार सेवा समाज (किसुसेस) बेलायतका अध्यक्ष जंग सुनुवारको पनि उपस्थिति रहेको थियो । अतिथिको आसनबाट विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा किसुसेस बेलायतका अध्यक्ष जंग सुनुवारले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा आदिबासी जनजाति (मूलबासी) को साझा मुद्दामा सम्पूर्ण प्रवासी संघ संस्था आदिबासीहरूबाट एकवद्धता जनाउने र पहिचानसहितको संघीय राज्य नबनेसम्म सम्पूर्ण मूलबासीहरूले विश्राम लिनु हुन्न भन्ने कुरामाथि जोड दिनुभएको थियो ।

यसैगरी सो अवसरमा किसुसेस बेलायतले ष्याँदर ढोल शीललाई प्रस्तुत गरेर कोइच सुनुवारहरूको भेषभुषा तथा संस्कृतिको परिचय दिएको थियो ।


Posted Date : 14 August 2013 | Views : 1586 | Comment : 0