कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर सम्पन्न



हङकङमा किरात कोईच सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर सम्पन्न

बगैंचा डटकम

विगत वर्षहरू जस्तै यस वर्ष पनि सुनुवार समाज हङकङले किरात सुनुवारहरूको महान चाड उधौली फोल ष्याँदर २०१३ सम्पन्न गरेको छ ।

सुनुवार समाज हङकङले आफ्नो जातीय पहिचान, अस्तित्वको संरक्षण, सम्वर्धन र उत्थानको लागि सदैव प्रतिवद्धता र कटिवद्धता जनाउदै नयाँ योजनाका साथ सो कार्यक्रम सम्पन्न गरेको छ । समय काल र परिस्थिति अनुरूप हङकङको व्यस्त परिवेशलाई मध्येनजर गर्दै बसेको बिषेश बैठकले यस बर्षदेखि आफ्नो वार्षिक कार्यक्रममा केही परिवर्तन ल्याएको छ । सो अनुरूप किराति कोईच सुनुवुारहरूको बर्षमा २ चोटि मनाउँदै आएको महान चाड उधौली ष्याँदर र उभौली ष्याँदरमा केही हेरफेर गर्ने निर्णय गरेको छ, उक्त निर्णयलाई यसबर्षदेखिनै कार्यन्वयन गरेको छ । जस अनुसार उधौली फोल ष्याँदरमा कोईचहरूलाई बृहत उपस्थिति गराई समाज र सँस्थाको बार्षिक गतिविधि र आगामि कार्यक्रम र योजनाको बारेमा छलफल गरि योजना तर्जुमा गर्ने र बृहत 'ष्याँदरभोज' कासाथ एक आपसमा शुभकामन आदन प्रदान गर्ने भएको छ भने उभौली ष्याँदरमा भने आफ्नो भेषभुषाकासाथ प्रकृतिको काखमा गएर ढोल झ्याम्टा बजाएर शिलहरू नाचेर महान चाड भव्यताका साथ मनाउने निर्णय गरेको छ । यसै अनुरूप यस पटक उधौली फोल ष्याँदर बृहत भेटघाट तया 'ष्याँदरभोज' जोर्डन, स्थित फूलबारी क्लब २६ डिसेम्बर २०१३ विहिबार बेकुकि सम्पन्न गरेको छ ।


Posted Date : 04 January 2014 | Views : 1980 | Comment : 0