कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न



सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न

        २३ फेब्रवरी, हङकङ । जोर्डन नमोबुद्ध आमासमुहको क्लवहाउसमा सुनुवार समाज हङकङको चौंथो अधिवेशन सम्पन्न भएको छ । समाजको अध्यक्ष नरेश सुनुवारको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष एम।बी।थापा, बिशेष अतिथि हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापा, किरात राई यायोक्खा हङकङका अध्यक्ष शशीमदन राई, नेपाल क्लव हङकङका अध्यक्ष रिता गुरुङ, नेपाली महिला संघका अध्यक्ष टिका गुरुङ, पान्थर मञ्चका अध्यक्ष प्रताप कुमार राई र समाजका सल्लाहकार साथै बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई आशन गराईएको थियो । कार्यक्रम प्रमुख अतिथिले दियो प्रज्जवलन गरेर सुरुवात गरिएको थियो । समाजको तर्फ बाट प्रमुख अतिथि र बिशेष अतिथिहरुलाई चिनोको स्वरुप सुनुवार पुरुषहरुले लाउने जाली रुमाल प्रदान गरिएको थियो । सम्पूर्ण अतिथि वक्ताहरुले अधिवेशन सफलताको कामना गरेका थिए । सुनुवार समाज हङकङले जातिय आन्दोलन र हङकङगेली समाजमा मित्रताको जुन नमुना पेस गरेको छ त्यसको सबैलै प्रशंसा गरेका थिए । शुभकामना मन्तवयमा अतिथिहरुले चुस्त दुरुस्त नयाँ कमिटी बने र त्यो कमिटीले पनि पहिलेको कमिटी भन्दा राम्रो काम गर्ने आशा रहेको बताएका थिए । पुरानो कमिटि लाई कुशलता पुर्वक समाज लाई यहाँ सम्म ल्याउन सफल भएको धन्यवाद दिएका थिए । अतिथिहरुलाई स्वागतको लागि स्वागत मन्तवय समाजका सचिव लोक बिक्रम सुनुवारले राखेका थिए भने कार्यक्रम सहसचिव सृष्टी सुनुवारले सञ्चालन गरिकी थिइन ।

नव निर्वाचित कार्यसमितिहरुको नामवली निम्न अनुशार रहेको छ । अध्यक्ष लोक बिक्रम सुनुवार, उपाध्यक्ष नविन सुनुवार, सचिव सृष्टी सुनुवार, सह सचिव रीकु सुनुवार, कोषाध्यक्ष टेक सुनुवार, सहकोषाध्यक्ष श्याम सुनुवार, सदस्यहरुमा मोहन सुनुवार, पवन सुनुवार, रोजी सुनुवार र होम कुमारी सुनुवार चयन भएका छन । १ जना सदस्य भने कार्यसमितिको पहिलो बैठक बाट चयन गरिने जानकारी गराइएको थियो ।


Posted Date : 01 April 2014 | Views : 1966 | Comment : 0