कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

हङकङका ४ किरातले येले संवत ५०७८ एकसाथ मनाए

सुरुची सुनुवार्

किरात येले संवत ५०७८ को अवसरमा हङकङबासी ४ किरातहरु राई, लिम्बु, याक्खा र सुनुवारद्धारा आ–आफ्नो मौलिक झाकी प्रदर्शन सहित भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गर्यो ।

नयाँ येले संवत ५०७८ को अवसरमा बगैचा संचार हङकङद्धारा जोर्डन स्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रममा राईले साकेला शिली, लिम्बुले केलाङ, सुनुवारले सालक शिल प्रदर्शन गरेका थिए भने याक्खाले डोकेनी लाक प्रदर्शन गरेका थिए ।
बगैचा लिमिटेड हङकङका अध्यक्ष नरेश सुनुवारको अध्यक्षतामा सम्पन्न छोटो औपचारिक कार्यक्रमका प्रमुख अतिथि किरात सांकृतीविध अतीत मुखिया रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राई, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष डासुराम पराजुली, किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान र सुनुवार समाज हङकङका अध्यक्ष एल।बि। मुखिया रहेका थिए ।

बगैचा लिमिटेडका उपाध्यक्ष सुवास राईद्धारा सुवागत मन्तबय राखेका थिए कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राई, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई लगायतले शुभकामना मन्तब्य राखेका थिए भने प्रमुख अतिथि तथा किरात संस्कृतिविध अतीत मुखियाले किरात येले संवत बारे प्रस्ट्याउँदै यसको महत्व र ४ किरातहरुको सम्बन्धबारे बोलेका थिए ।

बगैचा लिमिटेडका सचिव टोपबहादुर याक्खाद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमको अत्यमा अध्यक्ष नरेश सुनुवारले किरात येले संवत ५०७८ को शुभकामना मन्तब्य राख्ने क्रममा गतसालबाट बगैचा संचारले आयोजना गर्दै आएको शुभकामना आदनप्रदान कार्यक्रमलाई सफल बनाउँन उपस्थित ४ किरात लगायत सम्पूर्ण अतिथिजनहरु प्रति विशेष धन्यवाद दिदै बगैचा संचारले केबल संयोजकको भूमिका मात्रै निर्वाह गरेको र यो कार्यक्रम ४ किरात लगायत सम्पूर्ण नेपालीहरुको रहेको प्रष्ट्याएका थिए ।

औपचारिक कार्यक्रमको समापनसंगै ४ किरातहरुले आ–आफ्नो झाँकी प्रदर्शन गरिएको उक्त कार्यक्रममा विभिन्न प्रकारका तरुल लगायत टिपिकल किराती खानाहरुको व्यवस्था समेत रहेकथीयो

Posted Date : 07 February 2018 | Views : 996 | Comment : 0