समाचार / News
सुनुवार समाज हङकङले उधौली "फोल षाँदर" एक औपचारीक कार्यक्रम आयोजना गरी मनायो
bagaicha.comजनवरी ३, २०१० हङकङ, सुनुवार समाज हङकङले किरात सुनुवारहरूको महान चाड उधौली "फोल षाँदर" एक औपचारीक कार्यक्रम आयोजना गरी मनाएको छ । मंसिरे पूर्णीमाको दिन आफ्नो भेषभूषामा सजिएर ढोल झ्यामम्टा बजाएर प्रकृतिको पूजाआज गरी सामुहिक रुपमा धुमधामसँग मनाईने कोइँचहरूको यस चाडलाई सुनुवार समाज हङकङले समय परिस्थिति अनुकुल अली पृथक तरीकाले हङकङको वानाचाई स्थित यति क्लवमा भव्यताका साथ मनयो । फोल षाँदरको उपलक्षमा आयोजित उक्त कार्यक्रमलाई एक अवसरको रुपमा प्रयोग गरी समाजको वार्षिक साधारण सभा लगायत गतवर्षको समितिको कार्य सम्पादन तथा मुल्याङ्कन र भावि कार्यनीतीको बारेमा अन्तर विमर्श गरी मानाइएको थियो र अगामी वर्षहरूमा एवंरितले निरन्तर्ता दिने कुरा पनि भेलाले पारित गरेको छ । संस्थाका अध्यक्षले सभापतित्व गर्नु भएको सो सभामा जेष्ठ नागरीक श्री कालि वहादुर सुनुवार मुख्य अतिथि रहनु भएको थियो भने सुनुवार सेवा समाज क्षेत्रीय समितिका कोषाध्यक्ष श्री तिल बहादुर सुनुवार, मानर्थ सदस्य श्री डिवी लामा र नेवार समाजका सदस्य हरी श्रेष्ठ अतिथि रहनु भएको थियो ।
संस्थाका सदस्य लोक विक्रम सुनुवारको स्वागत मन्तव्य र सह सचिव सृष्टी सुनुवारले सन्चालन गर्नु भएको उक्त कार्यक्रमलाई दुई चरणमा विभाजित गरिएको थियो । प्रमुख अतिथीबाट दिप प्रज्वलनका साथै कोइँच विधि अनुसार षाँदर पिदार गरी सुरु गरिएको पहिलो चरणको औपचारीक कार्यक्रममा संस्थाले गरेको वर्षभरिको प्रगति विवरण, वाषिर्क प्रतिवेद संस्थाका सचिव विष्णु प्रसाद सुनुवारले प्रस्तुग गर्नु भएको थियो भने कोषाध्यक्ष राम सुनुवारले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसै अवसरमा संस्थाको नाममा निर्मित वेभ साईट www.sunuwarsamajhk.org संस्थाका अध्यक्ष नरेश कुमार सुनुवारले उदघटन गर्नु भएको थियो र वेभ साईटको आवश्यक्ता र महत्वको बारेमा संस्थाका उपाध्यक्ष सुरज सुनुवारले प्रकाश पार्नु भएको थियो । छोटो मन्तव्यको क्रमपछि पहिलो चरणको औपचारिक कार्यक्रम सकिएको थियो । दोश्रो चरणमा शुभकामना आदन प्रदान, अन्तरक्रिया तथा छलफल कार्यक्रम राखिएको थियो । जसमा संस्थाको गतिविधि र भावि निति लगायत विविध विषयमा लामो अन्तर विमर्श भएको थियो । सवैलाई आफ्नो विचार र जिज्ञासा राख्ने मौका दिईएको थियो भने समाजको तर्फबाट गतिविधिको औचित्य र त्यस सम्वन्धि सोधिएको पश्न र जिज्ञासालाई प्रष्टाईएको थियो । दिउसो ३ बजे देखि सुरु भएको कार्यक्रम भोजन सहित साँझ ८ बजेसम्म चलेको थियो ।