कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

समाचार / News

किरात संवत् ५०७० सुरु, राष्ट्रिय मान्यता दिन सरकार तयार रहेको प्रधानमन्त्रीको आश्वासन

bagaicha.com/Sachit

किरात संवत् ५०७० सुरु, राष्ट्रिय मान्यता दिन सरकार तयार रहेको प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री माधव नेपालले 'किरात येले संवत्' सरकारले लागू गर्न सक्ने बताएका छन् । किरात येले संवत् अध्ययन समन्वय समितिलगायतका संस्थाले यो संवतलाई राष्ट्रिय मान्यता दिनुपर्ने मागसहित बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री नेपालले यो संवत् लागू गर्न सकिने आश्वासन दिएका हुन् । उनले बहुजाति, बहुसंस्कृति, बहुधर्म हाम्रो मुलुकको पहिचान भएको भन्दै प्रमाण तथा दस्तावेजका आधारमा प्रक्रिया पुर्याएर किरात येले संवतलाई राष्ट्रिय मान्यता दिन सरकार तयार रहेको बताए ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा समितिका संयोजक वैरागी काइँलाको नेतृत्वमा किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा, सभासद्हरू, पूर्वराजदूतलगायत सहभागी थिए । किरात समुदायमा माघ १ गतेबाट नयाँ वर्ष लाग्ने मान्यता छ । शुक्रबारदेखि किरात येले संवत् ५०७० सुरु हुनेछ । राज्य पुनःसंरचनाका क्रममा यो संवतलाई राष्ट्रिय मान्यता दिलाउन संयोजक काइँलाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

किरातीहरूको येले संवत माघ १ गतेदेखि सुरु हुने गरेको छ । किरातीहरूले माघे संक्रान्तिका दिनलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । किरातीहरूले पहिलो किराती राजा यलम्बरले चलनचल्तीमा ल्याएको तिथिमितिलाई नयाँ संवतका रूपमा मनाउने गरेका छन् । यलम्बरले गोपालवंशी राजा भुवनसिंहलाई पराजित गरी शासन सुरु गरेको इतिहास छ । यलम्बरसहित नेपालमा २९ पुस्ताले शासन गरेका थिए । यले संवत् ५०७० साल लागे पनि यसबारे आधिकारिक तथ्य भने फेला पर्न सकेको छैन । यसबारे खोज तथा अनुसन्धान जरुरी रहेको विज्ञहरूको भनाइ छ । यले संवतलाई किरातीहरूले आआफ्नै तरिकाले मनाउँदै आएका छन् ।


Posted Date : 15 January 2010 | Views : 1549 | Comment : 0