कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

लेख रचना / Article

लिच्छवि अभिलेखमा किराँत

अतीत मुखिया

लिच्छवि अभिलेखमा किराँत

"लिच्छविकालिन अभिलेखहरूमा गैरसंस्कृत शब्दहरूबाट उल्लेख गरिएका कैयौ नामहरू छन, यस्ता गैरसंस्कृत शब्दहरू भनेका किरात भाषाका शब्दहरू हुन" । (शाह ऋषिकेश, एन्सीएन्ट एण्ड मेडिभियल नेपाल, न्यु देल्लि, अजय कुमार जैन, ई.१९९२ पृ.८) शाहका मतमा सहमती राख्ने अधिकांश विद्धानहरूका अलवा केही विमति राख्ने विद्धानहरू पनि पाइन्छन् । केही विद्धानहरूले लिच्छविकाल भन्दा पहिलेका नेपालको इतिहासलाई पुराणहरूमा आधारित कपोलकल्पित दन्तेकथाका रुपमा लिएको पनि पाइन्छ । यस लेखमा शाहकै मतलाई थप पुष्टि गरिने प्रयास गरिएको छ ।
काठमाण्डौ स्थित नक्सालको प्राचिन नाम जोन्जोन्दिङ रहेको तथ्य पुष्टि हुन आएको छ । अंशुवर्माको नक्साल गहिरीधारामा रहेको ई.६१५ को अभिलेखमा निलिशाला प्रणाली र जोन्जोन्दिङ ग्रामको उल्लेख भएको पाइनछ । (धनबज्र बज्रचार्य २०३०, ३५४)

उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरुपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ । यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमै रही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ । (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६)

अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको '''ग्राम शब्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो संभावना देखिन्छ कारण किरात भाषामा दिङ शब्दले नै गाउँ वा ठाउँको अर्थ  दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाईन्छ । यसको पुष्टि निम्न किरातहरूका साविक किपट अन्तर्गत रहे भएका ठाउँहरूको नामबाट हुन्छ । वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तर्गत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं. ८४१ ख मा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ । यही थिमथेमदिङ शब्दको अपभ्रंशीत रुप थिङथिङटार हुँदै हाल टारकेराबारी कायम हुन पुग्यो । किरात कोइँच भाषामा थिमथेमदिङ(म) को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरूको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।

साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरुप चेर्मादिङ हुँदै छेर्मादिङ जस्को साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ । यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किपट अन्तर्गतको वामदिङ (जो वामद्याल हुँदै उबु, बन्नपुग्यो), पाचथरको फेउदिङ, संखुवासभाको लिङलिङ(दिङ), रामेछापको पोलदिम(ङ) र कोटदिम(ङ) आदि ।

कोलि(ग्राम)द्रंग

इ. ५३० को पाटन खपिन्छें अभिलेखमा दक्षिण कोलिग्रामको पहिलो प्रमाणिक चर्चा  पाइन्छ । यसैगरी इ. ६१५ को जैसिदेवलको मिननारायणस्थानको अभिलेख, इ. ६३० तिरको लगनटोल यंगालहिटीको अभिलेख, इ. ६३३ को थानकोटको अभिलेख र इ. ६४० को लगनटोल यंगालहिटीकै अर्को अभिलेख समेतमा दक्षिण कोलिग्रामको उल्लेख पाइन्छ । (धनवज्र वज्रचार्य लिच्छवि कालिन अभिलेख २०३०)

धनवज्र वज्रचार्य र ज्ञानमणी नेपालले दक्षिण कोलिग्रामको कोलि शब्दलाई कपिलवस्तु पूर्वको कोलीराज्यका कोली जातिसंग सम्वद्ध गराएको पाइन्छ भने इतिहासकार बाबुराम आचार्यले पंचकोलीका रुपमा पाँच कोलिवस्तिको अनुमानगर्दै कोलि शब्दलाई किरात भाषासंग सम्वद्ध गर्नुभएको पाइन्छ । (आचार्य बाबुराम,किरात नाम लिच्छवि कालका शिलालेखमा किरातकालको झलक, नेपाली पूर्णाङ्क १६,पृ.३-३०)  आचार्यले कोलिग्रामलाई किरातकाल देखिकै बसेको बस्तिकोरुपमा लिएको पाइन्छ । आचार्यको मतसंग सहमतहुँदै ठाकुरलाल अमात्यले (विजेल १९८०, ३१६) उध्रितगर्दै सिंहदरवार पछाडिको कुरिया गाउँलाई पंचकालि मध्येको एक कोलि भएको अनुमान गर्नू भएकोछ ।   

किरातभित्र पनि कोली, कोइ, कोयु, कोयाङ, कोइँच, कोच, कुकी, कुलुङ, किरावा आदि थुप्रै जातिहरू हुनेहुँदा कोली शब्द जातिविशेष भएपनि किरात जातिविशेष नै हुने अनुमान गर्न सकिन्छ । कोइँच किरात मुग्दुम अनुसार धनुरधर पुरुषलाई पनि कोअ्ली भनिन्छ । लिच्छवीकालका अभिलेखमा उल्लेखित र हालका   किरात बस्तिका ठाउहरूसंगको सामिप्यताको अध्ययनगर्ने हो भने धनवज्र र ज्ञानमणी नेपालको कपीलवस्तु पूर्वका कोलीजातिसंग सम्वन्धित तथ्यभन्दा बाबुराम आचार्यको किरात जातिसंग सम्वन्धित पूर्व किरात वस्ति भएको तथ्य नै बडि संभावित देखिन्छ ।

भिमार्जुन र विष्णुगुप्तको इ. ६४० को यंगालहिटिको अभिलेखमा द्रंग शब्दको उल्लेख पाइन्छ । "दक्षिणकोलीग्रामस्य पूर्वभेव द्रंगचतुर्भागत्वेन प्रविभक्तस्यैतत्सीमनिवासिनाम्" र "एतदंगचतुर्भागसीमाभ्यन्तरवर्तिनः"-वज्रचार्य २०३०) अर्थात द्रंगको चारभागको एकभाग रुपको यो इलाकामा बस्ने जस्ता शब्द उल्लेख भएको पाइन्छ । द्रंग शब्द किरात भाषाको हुनुले पनि कोलि शब्द पनि किरात भाषा हुनुको पुष्टि हुनआउछ । यसकुराको थप पुष्टि ठाउँ, गाउँ र वस्ति अर्थाउने वर्तमान चलनचल्तिका किरात शब्दहरू दिङ, दिम, तेल, देल, द्याल, दोरोङ, दरेशले पनि गर्दछन् । अभिलेखमा उल्लेखित "पूर्वभेव" शब्दलाई गौंढगर्दा पनि पहिलेदेखिकै भन्नेहुन्छ अर्थात साविक दर साविकको "द्रंग"को चारभागको एक भाग भन्ने हुन्छ जुन साविककाल किरातकाल थियो ।

राजा नरेन्द्रदेवको लगनटोल यंगालहिटीको इ. ६४३ को अभिलेखमा कोङको, विल्वमार्ग (मार्ग शब्द लिच्छवीकालमा जोडिएको हुनसक्ने ले.) र हुस्प्रिन्दुङ गरी तीन गाउँहरू विशेष सुविधाकासाथ दक्षिण कोलिग्राम द्रंगलाई नै सुम्पिएको कुरा उल्लेख पाइन्छ । (वज्रचार्य २०३०)  लगनटोलकै शिवदेव द्धितियको इ. ६९५ को अभिलेखमा पनि वैद्यग्रामको सीमांकन गर्दा चौहदीमा उल्लेखित दक्षिण र पश्चिमतर्फ तेङखु  (हालको टेकु), उत्तरपट्टी चिशिमण्डा तिलमकको उल्लेख पाइन्छ । (वज्रचार्य २०३०)  जैशिदेवलनिरको इ. ७२७ को अभिलेखमा लञ्जग्वल  भन्ने स्थानको नाम उल्लेख पाइन्छ । लञ्जग्वल वस्ति नै हालको लगन भएको अनुमान डा. जगदिशचन्द्र रेग्मीको छ । इ. ६३३ को भिमार्जुन र जिष्णुगुप्तको थानकोट स्थित अभिलेखमा थेञ्चो(ग्राम)का किसानहरूले दक्षिण कोलिग्राममा हुने गोयुद्धका लागि एकहलो जग्गामा केही कर तिर्नपर्ने उल्लेख पाइन्छ । (वज्रचार्य २०३० पृ.४३४)

यसरी हेर्दा दक्षिण कोलिग्राम(द्रंग) अन्तरगत रहेका स्थानहरूमा कोङको, विल्व(मार्ग), हुस्प्रिन्दुङ, चिशिमण्डा तिलमक, लञ्जग्वल, थेञ्चो (हाल थानकोट)हरू जस्ता स्थानका नाम किरात भाषामा उल्लेख हुनुले पनि इतिहासकार बाबुराम आचार्यको साविक किरात वस्तिकै अवशेषको रुपमा कोलिद्रंग नै लिच्छवीकालमा दक्षिण कोलिग्रामको अस्तित्वमा आएको पुष्टिहुन्छ ।

लायकु

इ. ८५० तिर विशालनगरको पतनपछि यहाँका कति वासिन्दाले बसाइसर्ने क्रममा काठमाण्डू भेगमा पनि आइ बसोवास गर्न थाल्दा यहाँ जनसंख्याको बृद्धि भई बढी गुल्जार हुन थालेकोले होला इ. ९८७-९० तिर भएका राजा गुणकामदेवले पुरानो लायकु भेकमा नयाँ दरवार खण्ड बनाई राजधानी बनाएको अनुमान गरिएको छ । राजधानी हुने यो क्रम कहिलेसम्म कायम रह्यो भन्न सकिंदैन तर उक्त राजाकै पालामा यो भेकको सुधारका काम भएकोले विकासको क्रम अगाडि बढेको अनुमान गरिन्छ ।(डा.जगदिशचन्द्र रेग्मी,काठमाण्डू शहर सांस्कृतिक अध्ययन भाग १ पृ.२३)

यो पुरानो लायकु भेक काठमाण्डूको कुन क्षेत्रमा थियो भन्ने प्रष्ट उल्लेख नभएपनि लायकु शब्द भने किरात भाषाको भएको स्पस्ट छ । किरात किपट अन्तरगत पर्ने कु उपसर्ग लागेका ठाउँका नामहरूमा पोकु (रामेछाप), बुकु (ओखल्ढुंगा र सोलु ), दमकु (सोलु), सिल्कु (ओखल्डुंगा), तामकु (संखुवासभा), ह्वाकु (तेरथुम), मककु (खोटाङ) आदि धेरै ठाउँहरू पाइन्छन । अधिकांस किरात भाषामा कु शब्दले पानी वा पानीले बनाएको उर्भर भूमीलाई जनाउछ । वाहिङ किरात मुङदुम अनुसार विसिकु दुङमाकु ले पानी(वकु) र ङाकु दु विकु दु ले खोला(गुलो) अर्थाउछ ।(तेजलाल वाहिङ, वाहिङ लोरोतुम्लो पृ.३३५) यस्तै कोइँच किरातमा लिकु, बुकु, पोकु जस्ता खोलाहरू तथा वाकुले पानी जनाए झै अन्य किरातहरूमा काकु-जेरुङ र वम्बुले), छइकु(कोयु), कांकु(दुमी), कु (तिलुङ थुलुङ) व्अकु (सुरेल) आदि । अत यो लायकु क्षेत्रपनि काठमाण्डौ उपत्यकाको कुनै नदी किनार मै अवस्थित हुनुपर्ने अनुमान गर्नसकिन्छ ।

कु उपसर्ग जस्तै बु उपसर्ग लागेका ठाउँहरू पनि लिच्छवीकालिन अभिलेखमा उल्लेख पाइन्छ ।

प्रोज्ञाम्वु -इ.५९३ बज्रचार्य,२०३०,२३४),
थम्वु -इ.६२४,वज्रचार्य २०३०,४०१),
यम्वु -इ.१०११,पेटेक१९८४,३६)

वर्तमान अवस्थासम्म पनि बु उपसर्ग लागेका स्थानहरू किरात किपटिया क्षेत्रमा प्रसस्ततै पाइन्छन । जुबु(सोलु), खुम्बु(सोलु), आङबु(पाँचथर), सिलिबु(तेह्रथुम), सालामबु(खोटाङ), आदि ।

बृम, ब्रु र ब्रू उपसर्ग लागेका ठाउँपनि लिच्छवी अभिलेखमा उल्लेख पाइन्छ ।

गुम्पदबृम :- इ. ४८०, वज्रचार्य २०३०, पृ. ४९९
पीतुब्रु    :- इ. ६७९     ,,      ,,      ५००
पृच्छिब्रू   :- इ.  ,,      ,,      ,,        ,,

उक्त नामहरूसंग सामिप्यता राख्ने वर्तमान किरात वस्तिहरूका ठाउँहरूमा सोब्रू (ओखल्ढुंगा), दिव्रु(ङ) खोटाङ, लाम्ब्रु(ङ) लाम्राङ भञ्ज्याङ, दोब्रु (दोब्रे भत्तज्याङ) खिरिब्रु(ङ) आदि । कतै ब्रु को रेफ अलप भै बु को अवशेषमात्र पनि रहेभएको पाइन्छ जो किरातहरूको पाछा(उपथर)मा पनि पाइन्छ । 

भक्तपुर बोडे, निलबराहीको लिच्छवीकालिन अभिलेखमा तात्कालिक संयुक्त राजा जिष्णुगुप्तलाई याप्रिङ ग्राममा बसी सत्रुको संहार गर्नलागिएको भनिएकोछ । लिच्छवीकालिन अभिलेखमा यस्तो प्रिङ उपसर्ग लागेको स्थानहरू अरुपनि उल्लेख पाइन्छ ।

नरप्रिङ   :- वज्रचार्य २०३०, ४७२
जोलप्रिङ :-    ,,      ,,    ५६, ४१९
प्रङप्रिङ  :-    ,,      ,,    ५, ५५, ५६
थंसम्प्रिङ :-   ,,      ,,    ३९५
खोप्रिङ  :-    ,,      ,,    ५०, ५१, ५४, २५१

वर्तमान अवस्थामा आएर किरात समुदायमा प्रिङ उपसर्ग केवल पिङ को रुपमा मात्र रहेको पाइन्छ । साविक फोरोप्रिङ कालान्तरमा फरपिङ भएजस्तै साब्रा खापिङ (रामेछाप), फुल(ङ)पिङ (रामेछाप), जुपिङ (सोलु), लामपिङ (खोटाङ) आदि ।

काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीका स्थानहरूको नाम प्राय: धेरैजसो किरात भाषाबाट रहे भएको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा-साँगा), चाङगु-चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थोचो(ठेचो) आदि । माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरूको नामपनि किरात भाषामा उल्लेख भएको पाइन्छ । कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउँको अभिलेखमा "धावक गेच्छिञ्जाकस्य पू. ३ प. १ "को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाक को किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५)

माथी उल्लेखित तथ्यहरू मननगर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्य अवस्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"

सन्दर्भ सामग्री

१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,
२. बज्रचार्य धनबज्र- लिच्छवीकालका अभिलेख, नेपाल तथा एसियाली अध्ययन संस्थान त्रि.वि.वि.२०३०
३. रेग्मी जगदिशचन्द्र- काठमाण्डू शहर सांस्कृतिक अध्ययन भाग १, २०५१
४. खनाल मोहनप्रसाद- अभिलेख संकलन, साझा प्रकाशन, ललितपुर
५. डा.स्वामी प्रपन्नाचार्य- प्रचीन किरात इतिहास २०५१
६. भण्डारी ढुण्डिराज- नेपालको ऐतिहासिक विवेचना, २०२७
७. दाहाल पेशल- नेपालको इतिहास, सुरुदेखि सुधौली सन्धिसम्म २०५०
८. रापचा लाल श्याँकारेलु- इन्डो नेपाल किराती भाषाहरू २०६५
९. वाहिङ तेजलाल- वाहिङ लोरोतुम्लो २०६४


Posted Date : 02 January 2010 | Views : 2875 | Comment : 6

Comments for this Article

nerawobre - India
धन्यवादnounधन्यवाद\"]],<>interjectionधन्यवादधन्यवादthanksthanksधन्यवादशुक्रिया
  Oct 24 2011
prakash sunuwar - nepal
atit dai yasari khojmulak adhyan bata haamile pani kei satya bisayabastu janne bujne mauka paiyyo, tyasko nimitta saridaya tapailai dhanyabaad sathai sunuwarsamajhk.org ka team lqi pani dhanyabaad. yastai samagri haru herna paiyyos
  Jan 6 2010

Add Comment

Name
Email Address
Country
Comments
Please enter the string shown.