कुराकानी / Interview

Cnversation with Jayanti Sunuwar, Member of ANPUDCnversation with Jayanti Sunuwar, Member of ANPUD
My association with alcohol addiction subsequently to drug addiction began during my school days.
पूरा अंश...

फीडब्याक / Feedback

prakash sunuwar - ilam
Sep 23 2011
sunuwarsamajhk.org tapai harulai muri muri danyebad great 2 be seeing ours community ...

लेख रचना / Article

समय प्रशंग र अनुभूतिहरू

नरेश सुनुवार

समय प्रशंग र अनुभूतिहरू

रातको १ बजेर समय क्रमश विहानी तर्फ ओरालो लागेको छ, वातावरण प्रायः सुनसान छ । तापक्रम १३ डिक्रीभन्दा अझै तल छ र सापेक्षिक आद्रता न्यून भएकोले जाडोले कक्क्राएको छ । बाहिर हल्का चिसो हावा बहिरहेको छ, रुखका पातहरू धिमे पाराले हल्लिरहेका छन् । म भित्र हल्का तातो हिटर ताप्दै विगतका संस्मरणमा थोरै लिप्त भएर यो लेख लेख्न बसेको छु । विगत कोट्याउने हो र त्यसलाई लिपिवद्ध गर्ने हो भने पुस्तकका ठेलीहरू नबन्लान भन्न सकिन्न । त्यसो गर्नका लागि समय, अनुकुल वातावरण र गहन विषयवस्तु पनि हुनुपर्यो । त्यसैले प्रसंगहरू उठेको बेला केही अनुभूतिहरू छोटकारीमा लिपीबद्ध गरेर पाठक सामु पस्किने गरेको छु । त्यसैको निरन्तरता भन्नुपर्ला यो लेख पनि ।

समय सन् १९९६ को हो, जो सोँच्दै नसोचिएको कुरा, अचानक मेरो हङकङ आगमन हुनेभयो । त्यो पनि यहाँकै रेसिडेन्ट भएर बस्ने शर्तमा । कहिलेकाही त यस्ता कुराहरू सम्झेर अचम्म लाग्छ र हाँसो पनि उठ्छ । यसभन्दा पहिले विदेश जानको निम्ति न सोच बनाए मैले, न त योजना नै । बरु विदेशीने साथीहरूलाई उल्टै अर्ति दिदै भन्ने गरिन्थ्यो "साथी हो आफ्नै देशमा बसेर केही गनुपर्छ" आदि... । जीवन यात्राको क्रममा यस्ता अकल्पनीय मोडहरूमा मोडिनु पर्दा कहिलेकाही त ताज्जुब लाग्छ, जो कल्पनासम्म पनि नगरेका कुराहरू भोग्नु पर्ने, नसोचेका कामहरू गर्नुपर्ने ! शायद यो सबै समयको करामत नै होला भन्छु । यस्ता अनगिन्ति घटनाका प्रशंगहरू छन् जो मैले आजसम्म अनुभूत गरेका र भोगेका । तथापी आज यस लेख मार्फत सुनुवार सेवा समाज केन्द्रीय समिति काठमाण्डौ देखि सुनुवार समाज हङकङसँग सम्बन्धित केही छोटो तितामिठा प्रशंग लेख्न तम्सिएको छु ।

जब म पहिलो पल्ट (विदेश) हङकङ जानको लागि अन्तरराष्ट्रिय विमान स्थालबाट नेपालको ठूलो मानिने चिलगाडी चडेर टेकअप भएपछि काठमाण्डौलाई एक फन्को मारेर शुन्य आकाश माथि उडिरहेको थिएँ, मेरो खोपडि पनि केही क्षण लगभग शुन्य अवस्थामा गुज्रीरहेको थियो । जब विमानले नेपालको ईष्टवेष्ट हुँदै आफ्नो निश्चित उचाईबाट गति लिन थाल्यो त्यसपछि चाहिँ मनमा अनेक जिज्ञासाहरू लठारिंदै मस्तसँग कुस्ति खेल्न थालेका थिए, म चाहिँ ध्यानमग्न भएर तिनै कुस्तिको रमिता हेरिरहेको थिएँ । बेलाबेलामा विमान परीचारिकाले मेरो ध्यानलाई भङ्ग गरिदिँदा मध्यन्तर भएको भान हुन्थ्यो । यसरी चार घण्टाको दुरी पारगरी हङकङको काईतक विमान स्थलमा अवतरण भएर बाहिर निस्कदा १२ वर्षको उमेरमा घर देखि चार दिनको पैदल यात्रा पुरा गरेपछि लामोसाँगुबाट बस चडेर ४ घण्टा पछि काठमाण्डौ आईपुग्दाखेरीको पुरानो याद दिलाएको थियो त्यो क्षणले ।

काईतक विमानस्थालबाट अध्यागमन विभागको व्यवस्थित निकायहरूबाट आफूलाई पार गर्दै बाहिर निस्केर रातो टेक्सीमा सवार भएर हरवर टनल पार गरि वान्चाई स्थित नेशनल विल्डिङको लिफ्ट चढेर नौ तलामा अवस्थित कोठासम्म पुग्दाको क्षण पनि कम स्मरणयोग्य छैन । हङकङको रमझम, नयाँ ठाउँ, नयाँ परिवेश जताततै सबै नौलैनौलो... । यसरी यो नौलो परिवेशको शुन्य विन्दुबाट जीवनको बाँकि अंश पुनः सुरु भयो । यस्तो मैले मात्र हैन त्यस वखत आईडिको मामलामा हङकङ आएका हजारौं नेपालीले भोग्नु परेको नियति थियो । संघ संस्था र समाजको कुरै छाडिदिँउ, कसरी बाँच्ने र आफूलाई कसरी अनुकुल बनाउने भन्ने सोँच्दा सोँच्दै र संघर्ष गर्दागर्दै पत्तो नपाई २/३ वर्ष तेसै बिते । पछि यहाँको परिवेशसँग बिस्तारै घुलमेल हुँदै गएपछि फाट्टफुट्ट  केही संघ संस्थाहरू खुल्न थाले । रहँदा बस्दा केही वर्षपछि त टोल, गाउँ, वाड, जिल्ला, अन्चल, जाति, क्षेत्र, भाषा, धर्म आदि ईत्यादिको नाममा संघसंस्था खोल्ने एक प्रकारले होडबाजी नै चल्न थाल्यो । नेपालमा हुँदा सामाजिक संस्थामा आवद्य भएर सामाजिक सेवा गर्ने बानी परेको हुनाले र यता प्रवासमा रहँदा आईपर्न सक्ने आपतकालिन अवस्थामा एक आपसमा केही मदत पुर्याउन सकिन्छ कि भन्ने मनसायले एउटा सामाजिक संस्था स्थापना गर्ने चाहना मेरो पनि मनमा उब्जीरहेको थियो र साथीहरूसँग पनि छलफल चलिरहेको थियो । यसै माहौलमा ४०/५० जना भेला भएर सन् १९९९ मा सुनुवार समाज हङकङ स्थापना गर्न हामी पनि सफल भयौं र त्यस पर्यान्त आजतक सुनुवार समाज हङकङ सन्चालन हुँदै आईरहेको छ ।

यसरी हङकङमा विभिन्न बाहाना र नाममा खुलेका नेपाली संघ संस्थाहरूले हङकङमा मात्र नभएर नेपालमा समेत उल्लेखनीय काम गरेर धेरै उदाहरणहरू पेश गरेका छन् । स्कूल, अस्पताल निर्माण, एम्बेन्स खरीदको साथै भुकम्प, बाढी, पहिरो जस्ता प्रकृति प्रकोपमा परेका पिडित देखि लिएर आ-आफ्नो सम्बन्धित क्षेत्रको विकास कार्यमा समेत योगदान गरिरहेका छन् । यसरी सयौंको संख्यामा खुलेका संघ संस्थाहरूले राम्रा मात्र हैन नराम्रा काम गरेर विक्रितिको उदाहरणहरू पनि पेश गरेका छन् । कतिले संस्थाको नाम बेचेर आफ्नो व्यापार गरी मोटो रकम असुलेका छन् र कतिले संघसंस्थाको नामबाट विभिन्न बाहानामा पैसा उठाएर नेपालमा घरका तलाहरू थप्ने र कतिले त विल्डिङ नै ठडाएका छन् भन्ने हल्लाहरू बेलाबेलामा सुन्न पाईन्छ । लाग्छ, घटनाहरू घटेर नै यस्ता हल्लाहरू फिजिएका होलान् ।खैर जस्ले जे गरेपनि संघ संस्था र समाजलाई ठगिखाने र मागीखाने भाडो बनाउनु कदापी राम्रो कुरा होईन । यस्तै कारणहरूले गर्दा धेरै संघ संस्थाहरू विवादित र विघटित हुन पुगेका उदाहरणहरू पनि मौजुध छन् ।

यसै प्रसंगमा सुनुवार सेवा समाह केन्द्रीय समिति काठमाण्डौसँग सम्बन्धित एक प्रसंग कोट्याउन मन लाग्यो । म हङकङ प्रवासिने बेला यस सुनुवार सेवा समाज केन्द्रीय समितिको कोष सम्हाली रहेको थिएँ । कार्यावधि पुरा हुन केही महिना बाँकी भएकोले विधि सम्मत राजिनामा दिई प्रक्रियागत वहिखाता वरवुजारथ गरि विदेशिएँ । त्येतिबेला सुसेस स्थापना भएको १० वर्ष लगभग बिति सकेको थियो । मैले कोषको जिम्मेवारी सम्हाल्दा दुई कार्य समितिले आफ्नो कार्यकाल पुरा गरिसकेका थिए तर अचम्मको कुरा के रहेछ भने समाज स्थपना भएको यतिका समय बितिसक्दा पनि लेखापरिक्षण गरिएकै थिएन छ जो प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । जब म कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएँ तब जताततैबाट दबावहरू आईरहे र यस सम्बन्धमा म स्वयंले पनि अप्ठ्यारो महसुश गरेको थिएँ । फलतः मेरो कार्यकालमा जसरी भए पनि लेखापरिक्षण गराउने अठोटका साथ योजना तय भयो । ततपश्चात अहोरात्र खटेर हिसाब किताबको कुना कन्तुर खोतल्न थालेँ । दुई कार्यकाल अवधिभरिको लठिबज्र हिसाब किताबको भद्रगोललाई फेदटुप्पा र छेउसुर मिलाउन यति कठिनाई भयो कि बरु फलामे चिउरालाई सजिलै झुरुम झुरुम चपाउन सकिन्थ्यो होला । यसरी लामो कसरत, कडा मिहिनेतले बल्लतल्ल लेखा परिक्षण गराउन सफल भइयो र समाजलाई आर्थिक पक्षको वैधानिक दायरा भित्र बाँध्न सफल भईयो अनिमात्र आफ्नो जिम्मेवारी तथा पदिय दायित्व पुरा भएको महसुस गर्दै आनन्दको लामो सास फेर्न सकेको थिएँ । म पछिका कोष सम्हाल्नेहरूलाई अरु काम थाति राखेर पनि नियामित लेखापरिक्षण गर्न सुझाएको थिएँ, सायद त्यो कार्य नियमित भैराखेकै होला ।

यही हाम्रै कार्यकालमा सुनुवार सेवा समाज केन्द्रीय समितिले काठमाण्डौमा जग्गा खरिद गरी संस्थाको नाममा भवन बनाउने योजना बनाएको थियो र अनुमानित बजेट नेरु एक करोड रकम उठाउने लक्ष्य राखेर बृहत चिठ्ठा कार्यक्रम लगायत विभिन्न तवरबाट रकम संकलन गर्ने निति अप्नाएको थियो । उक्त निति अनुरुप स्वदेश र विदेशबाट तिव्र गतिमा रकम संकलन गर्ने काम भईरहेको थियो र संकलित रकम सम्बन्धित ठाउँमा जम्मा हुँदै थियो । अफसोच ब्रुनाई र युकेबाट संकलित रकम भने संस्थाले हात पार्न सकेन । किन त भन्दा जो व्यक्तिहरू (अहिले नाम नलिउ) लाई रकम जम्मा गर्ने जिम्मा दिईएको थियो उनिहरूले आफूले संकलन गरेको संकलित रकम सुसेसकेसलाई नबुझाई आफ्नै नामको वैंक खातामा जम्मा गरेका रहेछन् । कुरो थाहा भएपछि रकम संस्थालाई हस्थान्तरण गर्न कयौं पटक पत्राचार, फोनवार्ता र प्रत्यक्ष भेटेरै पनि पहल गर्यौं तर केही सिप लागेन । अनेक बहाना बनाएर रकम अड्काउने काम मात्र भयो सम्बन्धित व्यक्तिहरूबाट । म हङकङ आएपछि पनि धेरै पछिसम्म त्यो रकम संस्थाले प्राप्त गर्न नसकेको कुरा जानकारीमा आएको थियो । पछि सोध्नपुछ गर्न नै छाडिदिएँ । बरु सुसेसले जग्गा खरीद गरी भवन निर्माण गरिसक्यो तर त्यो रकम के कसो भयो त्यसको पूर्ण जनाकारी अझै पाउन सकिएको छैन । संस्थाको नाममा उठाईएको रकम जतिसक्दो चाडो संस्थालाई बुझाएर संस्थाको योजना र लक्ष्यलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने बेलामा उल्टै आफ्नो खातामा रकम अड्काएर राख्नु सरासर गैरजीम्मेवारी र गलत काम हो, संस्थाको निति र उद्देश्य विपरित जानु हो । आउदा दिनहरूमा यस्तो काम कसैबाट हुनुहुन्न भने मेरो धारणा हो ।

सुनुवार समाज हङकङको हकमा भन्नुपर्दा समाज स्थापना भएको करिब एस दशक भएको छ र यस संस्थाले पनि केही उल्लेखनीय काम गर्नुको साथै केही रकम जम्मा गरिसकेको छ । तर आजसम्म त्यस्तो आर्थिक अनियमितता लेनदेनमा हिनामिना भएको घटना सुन्नु र देख्नु परेको छैन । संस्था भित्र बसेर सिंहअवलोकन गर्ने काम सुरु भएको छ कतै त्यस्ता अनियमितता भएको फेला परेमा अवश्य सार्वजानिक गरिने छ । सुनुवार समाज हङकङमा आर्थिक पक्षमा भन्दापनि अन्य वैधानिक प्रक्रियामा भने त्रुटीको केही अंशहरू फेला परेका छन्- जस्तो परम्परा देखि चलन चल्तिमा चलिआएको विधि र प्रक्रिया के त भने संस्था स्थापना हुन्छ, विधि विधान बन्छ र विधानले तोके बमोजीम निश्चित अवधिको लागि कार्य समिति गठन हुन्छ र त्यो कार्य समितिले संस्थालाई हाक्ने कामगर्छ । जब विधानले तोकिएको कार्यकाल पुरा हुन्छ तब बृहत सम्मेलन गरि विधिवत रुपमा अर्को नयाँ कार्य समिति निर्वाचित गरि नव निर्वाचित समितिलाई निवर्तमान कार्य समितिले सम्पूर्ण पदभार, कार्यभार सुम्पिनु पर्ने हुन्छ र नव गठित कार्य समितिले सो सम्पूर्ण कुराको जिम्मा लिएर संस्था संचालन गर्नु पर्ने हुन्छ । हङकङको प्रचलित निति र कानुनी हकमा भन्नुपर्दा निवर्तमान अध्यक्षले नवनिर्वाचित अध्यक्षको नाममा अनिवार्य संस्था नामसारी समेत गरिदिनु पर्छ । अफसोच सुनुवार समाज हङकङमा नयाँ कार्यसमिति गठन भएको २ वर्ष बितिसक्दा पनि नामसारी गरेर प्रक्रियागत रुपमा संस्था हस्थान्तरण गर्ने काम अधुरै रहेको खुद आफ्नै आँखाले देख्नु पर्दा अचम्मित हुनु स्वाभाविक कुरा हो । जानी नजानी जुनै तवरले यस्तो गल्ती हुन पुगे पनि यसको दोष चाहिँ लिने र दिने दुवै पक्षलाई जान्छ । किनभने दिनेले जतिसक्दो चाँडो विधिवत रुपमा सुम्पिने काम गर्नुपर्दथ्यो र लिनेले पनि जतिसक्दो चाडो जिम्मालिने काम गर्नु पर्दथ्यो । तर लिनेले लिन चाहेपनि दिनेले दिन चाहेन वा दिनेले दिन खोज्दा लिनेले लिन चाहेन भने कुरा यहिनेर गाँठो पर्दो रहेछ र अनाहकमा संस्थाको वैधानिक्तामा प्रश्नचिन्न खडा हुनुको साथै समाज अन्यौलतामा फँस्दो रहेछ । यसरी गाँठो पार्न जान्ने खेलाडिहरूले गाँठो फुकाउने तर्फपनि ध्यान दिनु पर्ने हो । तर यहा सबैजना गाँठो पार्ने र अड्काउने तर्फमात्र उन्मुख भएको देखियो । यसरी जिम्मेवारी पदमा पदासिन भएर गैर जिम्मवारी काम गर्नु र विधि, प्रक्रिया र नितिलाई मिच्न खोज्नु आफैमा हास्यपद र मुर्खतापूर्ण कार्य हो र सिंगो समाज र संस्थालाई अवहेलना गर्नु हो । यस्तो घटना सुनुवार समाज हङकङमा मात्र नभएर अनेत्र पनि घटेका होलान्, यस्ता त्रुतिपूर्ण कुकार्य कसैबाट नहोस् र गल्ति पुनः नदोहोरियोस् भन्ने यो लेखको आशय हो । बाँकी प्रसंगहरू अर्को लेखमा लेखौला आजलाई विदा...


Posted Date : 02 January 2010 | Views : 2155 | Comment : 0