समाचार / News
सुनुवार समाज हङकङले किरात सुनुवारहरुको माहान चाड`उभौलि सालिवा ष्याँदर`२०१८ सम्पन्न गरेको छ ।
सुरुचि सुनुवार६,मई २०१८, सुनुवार समाज हङकङले किरात सुनुवारहरुको माहान चाड`उभौलि सालिवा ष्याँदर`२०१८ सम्पन्न गरेको छ ।सालिन्दा नियमित रुपमा मान्दै आएको यस माहान चाडलाइ यस पटक सदा झै अौपचारिक कर्यक्रम नगरि केहि फरक ढंगले मनाएको छ ।
प्रकृति पुजा आराधनालाई विशेष जोड दिदै यसपक्षका यथोचित विधि आर्चना गर्दै हर्ष र उल्लासको साथ ` उभौलि ष्याँदर पिदार २०१८`मनाइयो।
पुजा पश्चात उपस्थित सबैले `पोट खमे`प्रसादको रुपमा ग्रहण गरि कोइच जातिको बिविध मौलिक खाना खाइ ष्यादरमा नाचिने बिभिन्न प्रकारको ढोल नाच र साथमा गितहरु गाउदै मनाईऐको थियो ।हङकङको पार्कभिउ स्थित ष्याँदर पार्कमा सम्पन्न गरिने यो कर्यक्रममा गत वर्षहरुमा भन्दा यस पल्टसुनुवार तथा गैर सुनुवारहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
Posted Date : 08 May 2018 | Views : 904 | Comment : 0