समाचार / News
किरात मुन्धुम (सेमाङिजम–साङ) माथि अन्तरक्रिया
साभार - बगैचा डट कम२५ भाद्र, २०७५, सोमबार १६:४५९ सेप्टेम्बर, हङकङ– हङकङबासी किरातहरु बीच किरात मुन्धुम, मुक्दुम, मुन्थुम, मुन्दुम (सेमाङिजम–साङ) भित्रको सारतत्व बारे अन्तर विमर्श कार्यक्रम सम्पन्न भयो ।
साहित्यकार एवं किरात संस्कृतिविध अतित मुखियाको प्रकाशोन्मुख खोजमुलक पुस्तक ‘किरात (सेमाङिजम–साङ)’ मुन्धुममा रहने मुन्धुमी प्रकृया एवं दर्शनमा आधारित रहेर गरिएको उक्त अन्तरक्रियामा
सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवार, सल्लाहकारद्धय नरेश सुनुवार र एल.बी.मुखियाका अलवा किरात राईहरुको तर्फबाट यायोक्खाका अध्यक्ष हरिचन्द्र राई, शशीमदन राई, हेजेन राई, मोहन कुमार बान्तवा त्यस्तै गरी याक्खा छुम्माका तर्फबाट उपाध्यक्ष लिला देवान, टोपबहादुर याक्खा लगायतले किरात मुन्धुममाथि टिप्पणी गरेका थिए । आफ्नो भनाई राख्ने क्रममा वक्ताहरुले केही छिटफुट बाहेक हाल सम्म किरातहरुको मुन्धुम मौखिक रुपमा मात्रै सिमित रहेकोमा किरात संस्कृतिविध अतित मुखियाको प्रकाशोन्मुख
खोजमुलक पुस्तक ‘किरात (सेमाङिजम–साङ)’ भित्र चारै किरातहरुको मुन्धुम समेटिए भावि पुस्ताहरुलाई आफ्नो संस्कृती जोगाउँन सजिलो हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं किरात संस्कृतिविध अतित मुखियाले धेरै वर्षको खोज तथा अनुसन्धानबाट ७ भागमा विभाजन गरी ‘किरात (सेमाङिजम–साङ)’ प्रकाशन गर्न लागेको बताउँदै पुस्तकमा मुन्धुमको परिचयसंगै जन्म, मृत्यु, विवाह लगायत विभिन्न किराती संस्कारहरु समेटिने जानकारी दिए ।
सुनुवार समाज हङकङद्धारा जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा किरात सुनुवारका अलवा आमन्त्रित अन्य किराती संस्थाहरु किरात राई यायोक्खा हङकङ र किरात याक्खा छुम्मा हङकङको उपस्थिति रहेको थियो भने निमन्त्रणा भएर पनि किरात याक्थुम चुम्लुङ हङकङ अनुपस्थित रहेको थियो ।
साहित्यकार एवं किरात संस्कृतिविध अतित मुखियाको प्रकाशोन्मुख खोजमुलक पुस्तक ‘किरात (सेमाङिजम–साङ)’ मुन्धुममा रहने मुन्धुमी प्रकृया एवं दर्शनमा आधारित रहेर गरिएको उक्त अन्तरक्रियामा


कार्यक्रमका प्रमुख अतिथि एवं किरात संस्कृतिविध अतित मुखियाले धेरै वर्षको खोज तथा अनुसन्धानबाट ७ भागमा विभाजन गरी ‘किरात (सेमाङिजम–साङ)’ प्रकाशन गर्न लागेको बताउँदै पुस्तकमा मुन्धुमको परिचयसंगै जन्म, मृत्यु, विवाह लगायत विभिन्न किराती संस्कारहरु समेटिने जानकारी दिए ।
सुनुवार समाज हङकङद्धारा जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा किरात सुनुवारका अलवा आमन्त्रित अन्य किराती संस्थाहरु किरात राई यायोक्खा हङकङ र किरात याक्खा छुम्मा हङकङको उपस्थिति रहेको थियो भने निमन्त्रणा भएर पनि किरात याक्थुम चुम्लुङ हङकङ अनुपस्थित रहेको थियो ।
Posted Date : 12 September 2018 | Views : 4390 | Comment : 0